सांसद पौडेलले प्रगति टोललाई ५ लाख दिने


कृष्ण रानाभाट/पोखरा,
सांसद शारदा पौडेलले विकासमा राज्यको मुख ताकेर बस्नुभन्दा स्थानीय नै जागरुक हुनुपर्नेमा जोड दिदैं महिलाको नेतृत्वमा अघि बढेको टोलको विकासको लागि ५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

पोखरा ११ मा रहेको प्रगति टोल विकास संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा महिला र बालबालिका सशक्तिकरणको लागि वडा वडामा बजेट छुट्याइने भए पनि त्यो पर्याप्त नभएको वताउँदै उनले महिला उद्यमशीलताको लागि आफ्नो तलबबाट सिलाइ मेसिन उपलब्ध गराउन तयार रहेको र यसका लागि कार्ययोजना पेस गर्न आग्रह गरिन् ।

सो अवसरमा देउसी भैलोमा ५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने कोषाध्यक्ष शर्मिला सिग्देल, एसपी नरेश कार्की, प्राध्यापक दीपकचन्द्र वाग्ले, गणेश गुरुङ, वर्तमान गुरुङ, देवी थापा, शान्ति गुरुङ, गोमा सिग्देललाई सभासद पौडेलले सम्मानपत्र प्रदान गरिन् ।
साथै युक्ता थापा क्षेत्री, वलराम भट्टराई, दीलबहादुर राना, ओमबहादुर गुरुङ, लक्ष्मी सिलवाल, कृष्णकुमारी गुरुङ, राममी कार्की, कृष्णविक्रम ठकुरी, कविता गुरुङ छन् । यसैगरी, टीकाराम अमगाईं, हरिचन्द्र सापकोटा, लक्ष्मी अधिकारी, वसुन्धरा थापा, बद्रिकुमारी सिग्देल, अम्बिका ढुंगाना गौतम, गंगामाया गुरुङ, जगमान गुरुङ, ज्ञानुमाया गुरुङ र मौतासिंह गुरुङलाई सभासद पौडेलले सम्मान गरिन् ।

२०७१ मा को एसएलसीमा उत्कृष्ट अंक ल्याउने प्रकृति अमगाईं, सुमित्रा शर्मा अधिकारी र स्वेता सिलवाललाई सो अवसरमा सम्मान गरिएको थियो । टोल समिति सचिव डाल्डादेवी भुजेलले सञ्चालन गरेको कार्यक्रममा कांग्रेस क्षेत्र २ का सभापति माधव बास्तोला ‘मधु,’ शिक्षासेवी विश्वनाथ बास्तोला, भाष्कर टोल विकास संस्थाका अध्यक्ष कृष्ण पौडेल, फूलबारी क्बलका सचिव हरि बास्तोला, टोल समिति सल्लाहकार संयोजक सूर्य क्षेत्री लगायतले बोलेका थिए ।

महिलाको नेतृत्वमा विकास र सचेतनामा क्रियाशील प्रगति टोल विकास संस्थाले देउसी भैलोमा सहयोग गर्नेलाई शनिबार सम्मान गरेको छ । टोल अन्तर्गत समता सडक खण्ड ख निर्माणार्थ खेलिएको देउसीभैलोमा ३ लाख ५४ हजार रुपैयाँ संकलन भएको थियो । कार्यक्रमको सभापतित्व प्रगति टोल विकास संस्थाकी अध्यक्ष तीर्थकुमारी गुरुङ्ले गरेकी थिइन् ।