कांग्रेस नेता भिष्मराज आङ्दम्बे नर्वे आउंदै।


ओस्लो, नर्वे। कांग्रेस केन्द्रिय सदस्य तथा सभासद भीष्मराज आङ्दम्बे नर्वे आउने भएका छन्।  हाल युरोप भ्रमणमा भएका आङ्दम्बे जनसम्पर्क समितिको निमन्त्रणामा नर्वेको राजधानी ओस्लो आउन लागेका हुन्। जनसम्पर्क समिति डेनमार्कको कार्यक्रममा सहभागी हुँदै उनी नर्वे जान लागेका हुन्।
उक्त कार्यक्रममा अन्तरक्रिया कार्यक्रम पनि राखिएको जससंपर्क समिति नर्वेका अध्यक्ष प्रवीण शाहीले वताए।  उनले जानकारी दिए अनुसार देशको वर्तमान परिस्थितिका बारेमा नर्वेका नेपालीहरुको धारणा तथा सुझाव सहितको अन्तरक्रिया कार्यक्रम पनि हुनेछ ।

त्यहाँ उनले जनसम्पर्क समिति नर्वेको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने कार्यकम तय भएको  जनसम्पर्क समिति नर्वेका वरिष्ठ उपाध्यक्ष जितेन्द्र शाहीले बताएका छन्। सो कार्यक्रममा कांग्रेस नेता आङ्दम्बे प्रमुख अतिथी हुनेछन भने युरोपेली जनसम्पर्क समितिका महामन्त्री गंगाधर गंगाधर गौतम विशिस्ट अतिथी रहनेछन। युरोपका विभिन्न देशका जनसम्पर्क समितिका वर्तमान तथा भूपू अध्यक्षहरु आउने कार्यक्रम तय भएको छ ।

यहि डिसेम्बर २४ गतिका दिन हुने साधारण सभामा अन्य युरोपेली मुलुकका जनसम्पर्क समितिका पदाधिकारीहरु पनि आउने बताइएको छ। डेनमार्कस्थीत जनसम्पर्क समितिका प्रतिनिधी पनि आउने बताइएको छ भने अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचीव प्रकाश ढकालको पनि उपस्थिति हुने बताइएको छ। जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी सापकोटा पनि कार्यक्रममा आउने बताइएको छ।

सो कार्यक्रममा कांग्रेस नेता आङ्दम्बे प्रमुख अतिथी हुनेछन भने युरोपेली जनसम्पर्क समितिका महामन्त्री गंगाधर गंगाधर गौतम विशिस्ट अतिथी रहनेछन। युरोपका विभिन्न देशका जनसम्पर्क समितिका वर्तमान तथा भूपू अध्यक्षहरु आउने कार्यक्रम तय भएको वरिष्ठ उपाध्यक्ष जितेन्द्र शाहीले जानकारी दिएका छन्।

कार्यक्रमको लागि निम्न मिति, समय र स्थानमा उपस्थिति जनसम्पर्क समिति नर्वेले आव्हान गरेको छ।

मिति: यही डिसेम्बर २४
समयः दिउसो २:३०
स्थानः ओस्लोको रोम्सोस Ravnkolbakken 16. 0971, Romsås