ओलीको उखान टुक्काकै कारण,सरकार आँफै ढल्छ – कांग्रेस नेता भीष्मराज आङ्दम्बे


कोपनहेगन। नेपाली कांग्रसका केन्द्रिय सदस्य तथा  पाँचथर २ बाट प्रतक्ष निर्वाचीत सभासद भीष्मराज आङ्दम्बेले वर्तमान ओली प्रचण्ड गठबन्धन सरकार प्रधानमन्त्री ओलीकै बोली ( उखान टुक्का ) कै कारण असफल बन्दै गएकोले र त्यही कारणले यो सरकार ढल्ने बताएका छन् ।
मुलुकको प्रधानमन्त्री भैसक्दा पनि ओलीको आचरणमा कुनै परिवर्तन आउन नसकेकोले यो सरकार चांडै ढल्ने उनको दावी थियो।जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको खुल्ला अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

मधेस आन्दोलन चलिरहँदा पनि ओलीले मधेशीहरुको अपमान हुने गरी अभिव्यक्ती दिएको बताउंदै उनले मधेशको आन्दोलन नेपाली कांग्रेसले मात्र सम्बोधन गर्न सक्ने बताए । हाल भारतीय नाकाबन्दी भैरहंदा पनि भित्रिएको तेलमा चरम कालोबजारी भैरहंदा पनि आँखा चिम्लिएर  जनतालाई धोका दिएको पनि उनले बताए।Screen Shot 2015-12-22 at 22.10.31कांग्रेसको आगामी महाधिवेशन प्रती लक्षीत गर्दै उनले आगामी नेतृत्वले समग्र देश अनि नेपाली कांग्रेसलाइ नयाँ दिशा दिने बताए। नेतृत्व को हुने भन्दा पनि अब देशको चाहना अनुसार नेतृत्व आउने उनको दावी थियो।

कार्यक्रममा बोल्दै जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य ( नवीन) ले केन्द्रिय नेता आङ्गदाम्बेलाई डेनमार्कमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै कांग्रेसको आगामी महाधिवेशन र नयाँ नेतृत्वको विषयमा विदेशस्थित जनसम्पर्क समितिहरुको चासो भएको उनले बताए ।
Screen Shot 2015-12-22 at 22.11.04
कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कका उपसभापती दिपक राज रिजालले स्वागत मन्तव्य दिएका थिए भने महामन्त्री बुद्धि सापकोटाले सहभागी सबैलाई अन्तरक्रियामा सहभागी हुन आग्रह गरेका थिए।

कार्यक्रममा हेम आर्याल, एन आर एन डेनमार्कका पुर्व अध्यक्ष मोहन राज मिश्र, जनसम्पर्क समिती डेनमार्कका पुर्व अध्यक्ष यामलाल सुवेदी, नील काजी थापा, प्रकाश ढकाल, शैलु अधिकारी लगायतले कांग्रेस नेता आङ्गदम्बे समक्ष विभिन्न जिज्ञासा राखेका थिए। सबै जिज्ञासाको जवाफ नेता आङ्दम्बेले निकै सापक्ष रुपमा र शशक्त प्रश्तुती दिएका थिए।