बाजुरालाई केन्द्र बनाएर ५.५ रेक्टरको भूकम्प


– रासस, बैतडी
पुस ४, २०७२- पश्चिम नेपालको सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए ।

उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । रासस