सुभद्रा तिमिल्सिनालाई सम्मान


पोखरा/पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च मा.वि ले उत्कृष्ट विद्यार्थी सुभद्रा तिमिल्सिनालाई सम्मान गरेको छ ।

हिसान कास्कीले आयोजना गरेको अन्तर उच्च मा.वि स्तरिय नेपाली भाषाको निबन्ध प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको र विद्यालयको गौरव बढाएको भन्दै सम्मान गरिएको हो । विद्यालयका प्राचार्य नारायण शर्मा चापागाई, सह—प्राचार्य सन्तोष गुरुङ र विद्यालय इन्चार्ज अमृत पौडेलले पुरस्कार सहित सम्मान गर्नुभयो ।

सम्मानित विद्यार्थी तिमिल्सिनाले विद्यालयको शैक्षिक वातावरण र सहयोगले आफू सफल भएको बताउनुभयो ।