अव के गराैं (कविता )


– कवि पित्ताम्वर नेपाली
सुनाैलाे सपना बाेकी
भाेलिका दिन सम्झदै ।
परिवर्तनका लागि
मर्न मार्न तयार भै ।।
बाेकेर काँधमा झण्डा
नेताकाे पछि लागियाे ।
हलाे काेदालाे फ्याँकियाे
पढ्ने किताव स्याँकियाे ।।
उद्योग छैन कतै बाँकी
सबै बन्द गराइयाे।
बन्द गर्न नमानेमा
अागाे झाेसी जलाइयाे ।।
श्रमजीवी हरुलाई
श्रमहीन बनाइयाे ।
गरी खानेहरु लाई
मरी जाने बनाइयाे ।।
पढाउने गुरुलाई
झुण्ड्याई कन ठाेकियाे ।
विद्यालय हरु यहाँ
सबै बन्द गराइयाे ।।
अस्पताल भए बन्द
डाक्टर खुसी हुदै गए ।
बिमारी जतिछन् चाँडै
परमधाम हुने भए ।।
बाटो र पुल भत्काई
छिनैमा ध्वस्त पारियाे ।
बिमारी बाेकने गाडी
मान्छे सँगै जलाइयाे ।।
बाटोमा हिंडनेलाई
भेटे ज्युँदै जलाइयाे ।
सबै बन्द भएकाेमा
स्याबासी पनि पाइयाे ।।
नेताजी !भनिद्याै चाँडाे
यहाँ बाँकी छ गर्न के ?।
नेपालै ध्वस्त पाराैं कि
गराैं के अव हामीले ? ।।
२९मार्ग २०७२
पाेखरा

तपाईको प्रतिक्रिया