युरो कप २०१६ को लागि, कुन – कुन देश कस्तो समुहमा ?


काठमाडौं / सन् २०१६को जुन देखि फ्रान्समा सुरु हुने युरो कप फुटबल प्रतियोगितामा इंग्ल्याण्ड र वेल्स एकै समूहमा परेका छन् । शनिबार राति पेरिसमा युरो कपको समूह विभाजन भएको थियो, जसमा इंग्ल्याण्ड र वेल्ससहित रुस र स्लोभाकिया समूह बीमा परेका छन् । समूह चरणमा इंग्ल्याण्ड र वेल्सको खेल जुन १६ मा हुनेछ ।

आयोजक फ्रान्ससँगै स्विट्जरल्याण्ड, अल्बानिया र रोमानिया समूह एमा परेका छन् । युरो कपको उद्घाटन खेलमा फ्रान्स र रोमानिया खेल्नेछन् र, उक्त खेल जुन १० मा हुनेछ ।

समूह सीमा विश्व विजेता जर्मनीसँगै पोल्याण्ड, युक्रेन र उत्तरी आयरल्याण्ड परेका छन् भने समूह डीमा साविकको विजेता स्पेनसँगै टर्की, क्रोएसिया र चेक रिपक्लिक छन् ।

यसैगरी समूह ईमा इटली, रिपब्लिक अफ आयरल्याण्ड, बेल्जियम र स्विडेन परेका छन् भने पोर्चुगलसँगै अष्ट्रिया, आइसल्याण्ड र हंगेरी समूह एफमा छन् ।