युवा फोरम स्पेनलाई, युवाहरुको भविष्य बारे चिन्ता


वसन्त रानाभाट स्पेन/ बैधानिक रुपमा स्पेनमा नै काम गरी बस्न पाउँने अनुमति पाए पछि, भर्खर स्कुल वा कलेज पढ्दै गरेका आफ्ना छोराछोरीहरुलाई स्पेनमा ल्याएर, यतैको कामलाई भन्दा पनि पढाईमा जोड दिनु पर्ने बक्ताहरुले बताएका छन्। नेपालमा एसएलसी दिदै गरेका वा १२ कक्षा पढ्दै गरेका छोराछोरीहरुलाई स्पेनमा ल्याए पछि अभिभाबकहरुले कलेज वा युनिभर्सिटी पठाएर अध्ययनमा निरन्तरता गराउनु पर्नेमा बक्ताहरुले जोड दिएका हुन्।

बैधानिक रुपमा स्पेनमा बसेर काम गर्ने अधिकार पाए पछि, १८ बर्ष मुनिका आफ्ना छोराछोरीहरुलाई पनि यतै ल्याउँन सक्ने अधिकार यहाँको सरकारले दिदै आएको छ। तर विदेश बोलाउँने नाममा नै, एसएलसीसी दिदै गरेका वा १२ कक्षा पढ्दा पढ्दै गरेका छोराछोरीहरुलाई यता बोलाए पछि उनीहरुको थप अध्ययनमा भने पूर्ण बिराम लाग्ने क्रम बढेको देखिन्छ।

कम्तिमा १२ कक्षा पुरा गराएर यता बोलाउँने मनस्थिति अभिभाबकहरुले राख्ने गरेको भए पनि,१८ बर्ष नाघे पछि भने उनीहरुलाई ल्याउँन नपाउँने हुँदा, पढाई नै छुटाउनु पर्ने बाध्यात्मक परिस्थिति सृजना हुँदै आएको छ। गैर आबासीय नेपाली संघ युवा फोरम स्पेनले सोमबार बार्सिलोनामा प्रारम्भिक भेलाको आयोजना गरी, युवाहरु बीच छलफल चलाए पछि उनीहरुको भविष्य बारे चिन्ता ब्यक्त गर्दै बहस हुन थालेको हो।

पढ्ने आँट गरे भाषाले रोकिदैन

७ बर्ष अघि साईन्समा १२ कक्षा सकाएर आफ्ना बाबुआमा सँग स्पेन आएकी शर्मिला सुबेदी सुरुमा भाषाका कारण धेरै अप्ठारो भएको बताउँछिन्। यता आए पछि भाषा कै कारण यति ठुलो समस्या आउँला भन्ने उनिले सोचिनन्। सुरुमा काम तिर नै लागेर परिबारलाई नै सघाउँछु भन्ने सोच राखे पनि उनलाई आफ्ना अभिभाबकले हिम्मत गरेर पढ्न हौसला दिएको अनुभव सुनाईन्।12365972_1066751063359053_5554776995547636270_o-2शर्मिला भन्छिन्,” काम तिर हैन पढ्नु पर्छ भनेर बाबा ममीले भन्नु भयो त्यसैले मैले आँट गरे तर सुरुको बर्ष कलेजमा केही बुझिन,भाषा नबुझेर कक्षामा नै निदाउँने गर्थे, तर मेहेनत गर्न छाडिन,आँफुले नजानेको स्पेनिस साथीहरुलाई सोध्ने गर्थे बिस्तारै सजिलो बन्दै गयो।”

अन्तत: उनले एसेरप बिजनेस स्कुल,गिरोना बार्सिलोनाबाट बिबिए सकेर हाल स्टोक ट्राबल एजेन्सीमा एकाउन्टेनको रुपमा काम गर्दै आएकी छन्। मेहनत गरेर पढ्न सक्यो भने यता पनि आफ्नै स्तरको काम पाउँन सकिने उनको अनुभव रहेको छ।

स्पेनमा आएर अध्ययनलाई निरन्तरता दिन सकियो भने सफल बन्न सकिन्छ भन्ने उदाहरण अर्का एक युवा नबिन तिमिल्सिनाले दिएका छन्। राम्जा देउराली ८ पर्बत स्थायी घर भएका तिमिल्सिनाले आफ्नो अभिभाबकले यता बोलाए पछि पढ्ने आँट गरे। भाषामा हुने समस्याका बाबजुत पनि उनले पोलिटेक्निक युनिभर्सिटी अफ बार्सिलोनाबाट एरोनोटिक ईन्जिनियरीङ्ग पुरा गरे। यति मात्र हैन उनले अमेरिका पुगेर सोहि बिषयमा स्नाकोत्तर गरी अध्ययनलाई निरन्तरता दिए। आफ्नै अनूभवलाई प्रयोग गर्दै तिमिल्सिनाले हाल एयरबस जर्मनी बर्लिनमा काम गरेर राम्रो कमाई समेत गरिरहेका छन्।

12365889_1066751210025705_2883807104484934319_oतिमिल्सिनाको सफलता पछि आफ्ना अभिभाबकहरू सँग आएका बिमल सुबेदी र पुजन तिमिल्सिनाले सोही बिषयमा नै अध्ययन पुरा गरेका छन्। हाल बिजय तिमिल्सिना, कुशल डुम्रे,बिनोद लामा,आश्मा गुरुङ्,सबिन गुरुङ,दिपेश गुरुङ,रिस्ता गुरुङ लगायतका बिद्यार्थीहरुले बार्सिलोनाका बिभिन्न युनिभर्सिटी वा कलेजहरुबाट आफ्नो रुचीको बिषयमा उच्च शिक्षा अध्ययन गरिरहेका छन्। युवा फोरम स्पेनले आयोजना गरेको भेलामा सहभागीहरुले भाषाको कठिनाई सुरुमा आउँने भए पनि मेहनत गर्न सके पढाई पुरा गर्न सक्ने अनुभवहरु यसरी बाँडीरहेका थिए।

बिचैमा पढाई छोड्नेको संख्या बढी

आफ्ना अभिभाबकहरुले स्पेन बोलाए पछि यतैको भाषा सिकेर थप अध्ययन गर्नेहरुको संख्या जति न्यून रुपमा रहेको छ,त्यो भन्दा पनि,नेपाल पछि अध्ययनलाई चटक्क बिर्सने युवाहरुको संख्या बढी मात्रामा पाईएको छ। आफ्नो छोरा होस् वा छोरी आँफुले संचालन गर्दै आएको ब्यबसाय वा काममा लगाएर थोरै धेरै रकम जम्मा गर्छु भन्ने अभिभाबकहरुको मनस्थितिको कारण तथा भर्खर कलेज छोडेर स्पेनमा आएका बिद्यार्थीहरुले पढाईबाट पूर्ण रुपमा छुटकारा पाएको महसुस गर्नाले पनि थप अध्ययनमा जोड दिएको पाईदैन।

12356680_1066751016692391_5160698512989238725_oएकले अर्कालाई अनुभव आदानप्रदान गर्ने, कुनै पनि किसिमको आधार वा बाटो नभएका कारण पनि, भर्खर आएका बिद्यार्थीहरुमा पढ्नु पर्छ भन्ने खासै चासो नभएको धेरै बक्ताहरुको निचोड रहेको थियो। युवा फोरमले एउटा बिद्यार्थी काउन्सिलको अवधारणाको ल्याउन सकेको खण्डमा पनि, धेरैलाई लाभ हुन सक्ने निचोड प्रथम भेलाले निर्धारण गरेको छ।

स्पेन विद्यार्थीको लागि पनि गन्तब्य

युरोपमा बेलायत,डेनमार्क जस्ता मुलुकहरु बिद्यार्थीहरुका लागि गन्तब्य मुलुक बनेर चिनिरहेको बेला स्पेनमा पनि लामो समय अगाडि देखी नै अध्ययनका लागि आँफुहरु आएको केहि युवाहरुले खुलासा गरेका छन्। सन् २००६ मा स्पेनमा अध्ययनका लागि आँफुहरु आएको पर्बतका सन्तोष पौडेल,झापाका रन्जन वस्ती,र गुल्मी जिल्ला स्थायी घर भएका कमल भण्डारीले सुनाए।

12314179_1066751073359052_1738502193701295130_o-2 युवाहरुको प्रारम्भिक भेलामा बोल्दै उनीहरुले,आँफुहरुले भोगेका अनुभवहरु साटासाट गर्न सधैँ तयार रहेको बताए। भर्खर स्पेन छिरेका आफ्ना भाई बहिनीहरुको सुनौलो भविष्यको लागि,आँफुले सिकेका अनुभवहरु साटासाट गर्न सक्ने माध्यम बनाउँन युवा फोरमलाई अनुरोध समेत गरेका छन्।

भाषा,संगीत,योगा तथा व्यक्तित्व बिकासको तालिम

बिभिन्न विधाहरुमा दक्ष रहेका युवाहरुले आँफुले जानेको सिप निशुल्क: रुपमा सिकाउँन तयार रहेको बताएका छन्। गितारमा दक्ष रहेका सञ्जय बिक्रम शाह,योगाका लागि दिपक प्रसाद कोईरला,भाषाका लागि बिमल सुबेदी,रिस्ता गुरुङ आफ्ना अनुभव साट्न तयार भएका हुन्। भेलामा सहभागीलेहरुले स्पेनमा हुने हरेक किसिमका कार्यक्रमहरुमा युवाहरुले चासो राख्नु पर्नेमा जोड दिएका छन्।

युवा फोरम स्पेनको प्रारम्भिक भेला

गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका युवा फोरम संयोजक दिपक क्षेत्रीको बिशेष पहलमा युवा फोरम स्पेनको प्रारम्भिक भेला सम्पन्न भएको छ।भेलामा गैर आबासीय नेपाली संघ राष्ट्रिय अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरी, राष्ट्रिय समन्वय परिषद अध्यक्ष मुक्त बहादुर गुरुङ,सल्लाहकार सन्दीप मोहन भट्टराई, दावा ऋषी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

12309785_1066751023359057_1483805162005799726_o-2प्रारम्भिक भेलामा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले, युवा संयोजक विजय पोख्रेल, उप-संयोजक लोकराज शर्माले पठाएको शुभाकामना सन्देश प्रस्तुत गरिएको थियो। साथै आगामी बैठकमा केन्द्रबाट युवाहरुको हितका लागि निर्धारण गरिने जिम्मेबारी पूर्ण रुपमा निर्बाह गर्ने प्रण गर्दै, स्पेनका युवाहरुको समस्या समाधानका लागि बिभिन्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। साथै युवा फोरम स्पेनलाई पूर्णता दिन भेलामा उपस्थित सबै युवाहरुलाई सदस्यमा मनोनित गरेको छ।