कलाकार मञ्च स्पेनले देखायो,बिभिन्न भाषाभाषीका चलचित्रहरु


बार्सिलोना/ “हाम्रो भाषा ,कला संस्कृति हाम्रो देशको गहना, संरक्षण प्रवर्धन र विकास नेपालीको चाहना” भन्ने उद्घोषका साथ स्पेनमा विभिन्न भाषाभाषीमा आधारित चलचित्रहरु प्रदर्शन गरिएको छ। तामाङ्,गुरुङ,नेवार,मगर,शेर्पा,लिम्बु भाषामा आधारित फरक-फरक चलचित्रहरु एकैचोटी पहिलो पटक प्रदर्शन गरिएको हो।

अन्तराष्ट्रिय कलाकार मञ्च स्पेनले एक कार्यक्रमको आयोजना गर्दै, प्रदर्शन गरिएका चलचित्रहरुमा जनजातिहरुको भेषभूषा,परम्परा,रहन सहनलाई प्रस्तुत गरिएको थियो। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एक राज गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल आदिवासी चलचित्र महासंघका उपाध्यक्ष सुकु मोक्तान,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार तथा शेर्पा किदुग बेल्जियमका संथापक अध्यक्ष पेम्बा गेल्बु शेर्पा,एनआरएन स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ लगायत बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।12357157_1066313430069483_1380405490559429739_oकार्यक्रममा लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटाले आफ्नो नयाँ एल्बम “माछा पानीमा” बाट गीत सुनाईन्। मञ्चका अध्यक्ष अजय लोप्चनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य तथा गीत संगीत प्रस्तुत गरेका थिए।

सम्मान कार्यक्रमको आयोजना

अन्तराष्ट्रिय कलाकार मञ्च स्पेनले बिभिन्न क्षेत्रबाट समाजलाई योगदान दिएको भन्दै कलाकार,स्थानीय मिडियाहरु लगायत नेपाली पाठशालालाई सम्मान गरेको छ। स्पेनमा पहिलो नेपाली कार्यक्रमको आयोजना गरेका कलाकारहरु,स्थानीय मिडियाहरु नेपालीनेपाली डटकम,स्पेन खबर डटकम,नेपाली वेभ,लगायत नेपाली पाठशालालाई सम्मान गरेको हो।

यस्तै पाठशालाका साना साना बालबालिकाहरु देखी,स्थानीय रुपमा साँस्कृतिक कार्यक्रममा सहभागी बन्दै आएका सबै जसो कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ।

12362662_1066313396736153_7614466710047093886_o12031435_1066313380069488_2710778719806469388_o12339150_1066313393402820_5342771114727194923_o12322960_1066313406736152_2285940009433778786_o12188213_1066313370069489_5257869874111561442_o12309646_1066313376736155_5296554187315285715_o