म्याच फिक्सिङका पाँच अभियुक्तलाई आजीवन प्रतिबन्ध


काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले ‘म्याच फिक्सिङ’को पुष्टि गर्दै चार नेपाली खेलाडी र एक प्रशिक्षकलाई आजीवन प्रतिबन्ध लगाएको छ ।

एएफसीको अनुशासन समितिले ‘म्याच फिक्सिङ’ मा दोषी पाइएको भन्दै शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापा, गोलरक्षक रितेश थापा, डिफेन्डर सन्दीप राई र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अञ्जन केसीलाई आजीवन प्रतिबन्ध लगाएको नयाँ पत्रिकामा खबर छ ।

एएफसीका अनुसार समितिको शुक्रबार मलेसियामा बसेको बैठकले आजीवन प्रतिबन्धको निर्णय गरेको हो ।