नाकाबन्धीको बिरोधमा रुसका नेपालीहरुले बुझाए, भारतीय दुताबासमा ज्ञापनपत्र


मस्को/ छिमेकी राष्ट्र भारतले लगाएको अघोषित नाकाबन्दीको बिरोध गर्दै मस्कोमा रहेका नेपालीहरुले ज्ञापनपत्र बुझाएका छन् । मस्को स्थित भारतीय दुताबास अगाडी बिरोध प्रदर्शन गर्दै,उनीहरुले दुताबासमा ज्ञापनपत्र बुझाएका हुन्।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसका पदाधिकारी लगायत एनआरएन अभियन्ताको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो।

भारतीय दुताबासका कर्मचारी सँग भेट गरी नेपालको वास्तविक अवस्था बारे जानकारी गराईएको छ । उक्त भेटमा गैर आबासीय नेपाली संघका महासचिव डा बद्रि के सी, महिला संयोजक सपिला राजभण्डारी, राष्ट्रिय समन्वय परिषद अध्यक्ष दिना नाथ राजभण्डारी लगायतको टोलीले नेपालको महाभूकम्प पछिको नाजुक अवस्थामा नाकाबन्दी ले गर्दा इन्धन, औषधि लगायत अत्यावश्यक सामग्रीको अभाव भई मानबिय संकट उत्पन्न भएको भन्दै नाकाबन्दी खोल्न सचेत गराएका छन्।

यसैबीच भारतीय राजदुताबासका कर्मचारी चेतन आनन्दले रुसबासी नेपालीहरुका गुनासा र अनुरोध भारत सरकार सम्म पुर्याई दिने बाचा गरेका छन्।

15112006image-e7a3a7b5f1b7643905c72d71719a9f38221adcfe74fd573454def606b69b6387-V