यसरी भयो बार्सिलोनामा म्ह पुजा ( फोटोफिचर सहित)


बार्सिलोना/ नेवारी समाज (पासा पुच) स्पेनले गत बर्ष जस्तै यस पटक पनि बिहिबार बार्सिलोनामा म्ह पुजा सम्पन्न गरेको छ । नेपाल सम्बत् ११३६ को अवसरमा नेवारी समुदाय बीच म्ह पुजा सम्पन्न भएको हो।

पन्चकन्याबाट पानसमा बत्ती बालेर पुजाको आरम्भ पुजाको लागि सेतो चामलको पिठो,धानको फुल,कालो भट्टमास,मास(कालो)धान,तेलको मण्डब,र टिका लगाई मण्डलहरु तयार गरिएको थियो।

पुजामा बस्ने सबैलाई पंच रत्न धागो लगाई,पाथीमा फुल, चामल, धानको फुल राखेर मण्डलमा बस्नेले तिन पटक सम्म टाउकोमा खन्याएका थिए। सगुन बाडे पछि भोज शुरु गरीएको थियो। समाजले निलु अवाले श्रेष्ठको संयोजनमा विधिगत रुपमा म्ह पुजा गरेको हो।

म्ह पुजा अर्थात् आफ्नो शरीरलाइ आफैले पुजा गर्ने प्रथा नेवारी समुदायमा ठुलो पर्वको रुपमा मनाउने चलन छ। नेवारी समुदायमा परिवारका प्रत्येक सदस्यले नुहाई ,नंया बस्त्र लगाई मण्डलको अगाडी लहरै बसेर फुल ,अक्षताले आफैले आफैलाइ गर्दा(म्ह पुजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ l आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आइएको छ ।

म्ह पुजा कै दिन नेपालको मौलिक संवत् नेपाल संवत् ११३६ को नयाँ वर्ष पनि सुरु हुने छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

12185431_1048186491898334_7312262454257141648_o12240973_1048186265231690_3047746257140996076_o12247732_1048183598565290_3297723021159672812_o11028027_1048185331898450_2279723339601257048_o