अमेरिका छोडेर नेपाल फर्किएका गायक कर्णदास भन्छन्,‘‘मेरो क्रेज कत्ति पनि घटेको छैन’


राजाराम पौडेल/पोखरा

नेपाली सांगीतिक फाँटमा आफ्नो बेग्लै पहिचान बनाएर अमेरिका पलायन भएका पोखरेली गायक कर्णदास नेपाल फर्कीएका छन् । उनी अमेरिका नर्फकन गरी नौ वर्ष दश महिनाको लामो अमेरिका बसाइ पछि जन्मभुमी नेपाल फर्कीएका हुन् ।

केहि दिन अगाडि आफ्नो जन्मथलो पोखरा आइपुगेका उनले साँगीतिक क्षेत्रमा पुनः निरन्तरता दिने बताएका छन् । यसरी उनको नेपाल आगमन र साँगीतिक क्षेत्रमा निरन्तरता दिने भनाइले उनका शुभचिन्तक मात्र नभएर आम नेपाली साँगीतिक क्षेत्रलाई माया गर्ने दर्शक श्रोता उत्साहित भएका छन ।

लामो समय अमेरिका रहे पनि आफ्नो क्रेज नघटेकोले पुनः स्थापित हुन सहज हुने कर्णदासको विश्वास छ । ‘मेरो क्रेज कतिपनि घटेको छैन’ उनले थपे ‘अमेरिकामा रहदाँ पनि विभिन्न साँगीतिक कार्यक्रममा सहभागीता जनाइ सक्रिय भएको थिए ।’

यस्का अलावा फोन र सामाजिक सञ्जाल माार्फत सधै दर्शक श्रोताको साथमा भएकोले अमेरिकामा रहदाँ समेत श्रोता दर्शकको मायामा कुनै कमि नआएको उनको तर्क छ । ‘अहिलेसम्म श्रोताको उस्तै माया पाएकोले नै नेपाल फर्कीएर आएको हुँ’ उनले भने । पोखरा आए सँगै आफ्ना शुभचिन्तकका लागि छिट्टै लाइभ कन्र्सट गरी पोखरालाई पुनः संगीतमय बनाउने योजना उनले बनाएका छन् ।

यो क्षेत्रमा निरन्तरता दिए पनि आफु व्यापारीक हिसाबले पैसा कमाउनका लागि साँगीतिक क्षेत्रमा पहिला पनि नलागेको र अब पनि नलाग्ने उनले प्रष्ट पारेका छन् । ‘म कर्मसियल रुपमा यो क्षेत्रमा पहिला पनि लागेको थिइन अब पनि लाग्ने छैन’ । साँगीतिक क्षेत्रको निरन्तरतासँगै अब छोराहरुसँग सल्लाह गरेर नयाँ क्षेत्रमा लगानी गर्ने सोचमा आफु रहेको कर्णदास बताउँछन् ।

आफ्नो विदेश यात्राले साँगीतिक क्षेत्रमा अगाडि बढ्न थप उत्साह थपिदिएको उनले बताए । समय अनुसारका गीत दर्शक श्रोतामाझ पस्कीएर दर्शक श्रोताको साँगीतिक तृष्णा मेटाउने योजना उनले बनाएका छन् । अमेरिका रहदाँ समेत झण्डै एक दर्जन गीत रेकर्ड उनले गराएका थिए ।

स्वदेश फर्केसँगै आफ्नो नयाँ सोलो एल्बम सन् २०१६ मा रिलिज गर्ने तयारीमा उनी जुट्न लागेका छन् । एल्बमका लागि गीत रेकडिङ तिहार लगत्तै शुरु गरिने भएको उनले जनाए । आफ्नो पुरानै धारलाइ नयाँ मेलोडिमा ढालेर गीत तयार पार्ने उनको योजना छ । ‘उत्कृष्ट शब्द र संगीतमा नयाँ गीत पस्कदै पहिलाकै रफ्तारमा आफ्नो साँगीतिक यात्रा अगाडि बढाउने छु’ उनी वाचा गर्छन् । पोखरामानै बसेर यात्रा अगाडि बढाउने योजना बनाएका उनी आवश्यकता महशुस भए राजधानी काठमाण्डौ जाने बताउँछन् ।

आफ्नो लोकप्रियता र व्यस्तता चुलीएकै बेला पारिवारिक सल्लाहमा अमेरिका हानिएका उनले अमेरिका यात्रा जुन उद्धेश्यका लागि थियो त्यो उद्धेश्यमा सफल भएको बताउँछन् । ‘जुन उद्धेश्यले म अमेरिका पुगे त्यसमा म पुर्ण सन्तुष्ट छु ।’

हुन त वि.स.२०५३ सालमा ‘जिन्दगीको के भरोसा’ बोलको गीतबाट डेब्यू गरेका कर्णदासलाई साथीहरुले तिम्रो स्वर राम्रो छ गीत गाऊ भन्न थाले । यसबाट उत्साहित बनेका उनले साथीहरुसँग मिली मध्यान्हब्याण्ड स्थापना गरे । २०५३ व्याण्डमार्फत् ‘मध्यान्न–१’ नामक एल्बम श्रोतामाझ पस्किए । यस एल्बमबाट मध्यान्हसमूह र कर्णदासको चर्चा नेपाली साँगीतिक फाँटमा चुलीन पुग्यो । त्यसपछिका उनका गीत एकपछि अर्को चर्चाको शिखर चुमे ।

unnamed-2

‘मध्यान्न–१’ लाई श्रोताले औधी रुचाएपछि विभिन्न साँगीतिक कार्यक्रममा समेत यो समूहको माग हुन थालेको थियो । साँगीतिक फाँटमा संघर्ष गर्न काठमाण्डौ हानिएका यो समूहका सदस्यहरुले श्रोता शुभचिन्तकको राम्रो साथ पाए । पहिलो एल्बमबाट पाएको सफलतासँगै दोस्रो एल्बम निकाल्न हौसीएको यो समूहले २०५४ मा ‘मध्यान्न–२’ नामक एल्बम निकाल्यो यस एल्बमबाट कर्णदासको लोकप्रियता बढेर गयो ।

यसरी श्रोता दर्शक तथा शुभचिन्तकबाट पाएको सर्पोटसँगै उनले २०५६ मा पहिलो सोलो एल्बम ‘बेर्थै फेरी’ बजारमा ल्याए यसबाट उनी सोलो गायकको रुपमा समेत स्थापित बन्न पुगे । हरेक एल्बमबाट पाएको सफलतासँगै उनको चर्चा अनि व्यस्तता बढेर गयो विभिन्न चलचित्रका गीत राष्ट्रभावले ओतप्रोत लगायत सबै विधाका गीतमा आफ्नो सुमधुर आवाज भर्न भ्याए । सबै विधाका गीतको माध्यमबाट उनले श्रोताको राम्रो साथ पाए ।

पुनः तेस्रो एल्बम ‘मध्यान्ह–३’ निकाले । यो एल्बमले समेत यो समूहको लोकप्रियता बढ्न पुग्यो । यसपछाडि भने उनले समुहलाई निरन्तरता दिन सकेनन् । सोलोगायककै रुपमा क्यारीएर अगाडि बढाउने निर्णय गरे फलस्वरुप २०५९ मा दोस्रो सोलो एल्बम ‘पुरानो डुङ्गा’ मार्फत निरुन्तरता दिए । दुई वर्षको अन्तरालमा तेस्रो सोलो एल्बम ‘आधा सपना’ श्रोतामाझ पस्किए ।

२०६३ मा ‘प्रित’ नामक चौथो सोलो एल्बम बजारमा पस्केका थिए । झण्डै दश वर्ष एल्बम बजारमा ल्याउन नसकेपनि अब भने व्याण्ड र सोलो गायन दुवैलाइ सँगसगै अगाडि बढाउने योजना उनले बनाएका छन् । मध्यान्हसमुहलाई पनि निरन्तरता दिनका लागि व्याण्डका साथीहरुसँग कुरा भैरहेको उनले बताएका छन् । ‘सबै व्याण्ड मेम्बरहरु फाइनान्सीयल रुपमा सक्षम भएकोले पनि निरन्तरता दिन सहज हुने छ’ उनले भने ।

झण्डै १२ सय गीतमा आवाज भरीसकेका उनलाई हाल सम्म थुर्पै संघ–संस्था मार्फत सम्मान समेत गरीसकेका छन् । २०५४ मा आयोजित माछापुच्छ«े म्युजिक कन्टेस्टमा मध्यान्हसमूहबाट बेष्ट व्याण्ड, बेष्ट  लिरीक्स र वेस्ट भोकलमा बाजी मारेका थिए । हिट्स एफ एमले आयोजना गरेको हिट्स एफ एम म्यूजिक अवार्ड २०५५ मा रेकर्ड अफ द एयर र वेस्ट पर्फमेन्स फर ग्रुप, २०५६ मा वेस्ट पर्फमेन्स फर गु्रप, २०५८ मा वेस्ट भोकल पर्फमेन्स, २०५९मा वेस्ट भोकल पर्फमेन्स, २०६० मा वेस्ट भोकल पर्फमेन्स र रेकर्ड अफ द एयर प्राप्त गरीसकेका छन् ।

unnamed-3सानमिगल म्युजिक अर्वाड २०५७ मा वेस्ट भोकल पर्फमेन्स अवार्ड हात पारेका उनले माछापुच्छ«े एफ एम अर्वाड २०५९ मा बेस्ट सङ तथा बेस्ट भोकल, नेपाल जेसिसको वेस्ट युथ अफ द एयर अवार्ड बोस्टन कलेज अफ लन्डनको लङ टाइम आउटस्टान्डिङ एचिभमेन्ट एज नेपाली सिङ्गर अवार्ड आठौ इमेज अवार्डमा वर्षको उत्कृष्ट गायकसहित तिन विधामा अवार्ड जितीसकेका छन् ।

कास्कीको निर्मलपोखरीमा जन्मिएका कर्णदासको बाल्यकाल भारतका विभिन्न शहरमा बित्यो । बुबा इन्डियन आर्मीमा भएकोले पनि बुबा जहाँ जहाँ जानुभयो उहि जानुपर्ने थियो । तीन र चार कक्षा भने गाउँकै जनचेतना मा.वि. र आठ कक्षा पोखराको नवप्रभातमा पढेका उनको हाइस्कुलको पछिल्लो समय दिल्लीमा बित्यो । त्यहाँ बस्दा म्यूजिक कक्षामा समेत सामेल भएका उनले गिटार बजाउन त्यस समयमै सिक्ने मौका पाएका थिए ।

उनले नेपालका विभिन्न ठाउँ तथा जापान, बेलायत, अमेरीका, हङकङ, भारत लगायत विदेशी मुलुकमा आयोजित कैयौ कार्यक्रममा सहभागीता जनाइसकेका छन् ।
popdiary@gmail.com