हिमाल सागरको नयाँ एल्बम “अक्टोबर २४” आउँदै


स्पेन/ गायक हिमाल सागरले आफ्नो जन्मदिनको सम्झना गर्दै अक्टोबर २४ नामक एल्बम बजारमा ल्याउँदै छन्। जन्मदिनको सम्झना स्वरूप आफ्नो सातौ एल्बम दर्शक स्रोता माँझ ल्याउने तयारी गरेका हुन्। छिट्टै रिलिज गर्ने बताईएको एल्बममा हिमालले आफ्ना ६ बटा गीतहरु समाबेश गर्दै छन्।

कृसु सुबेदीले रचना गरेको र आफ्नै स्वर संगीत रहेको तिम्रो रुप देखेर बोलको गीतले साँगीतिक बजारमा निकै चर्चा कमाउँने आशा उनले राखेका छन्। सोहि गीतमा नायिका नन्दिता केसी,दिनेश कार्की र हिमाल आँफैले अभियन गरेका छन्।

स्टेज कार्यक्रमहरुको लागि निकै ब्यस्त मानिने गायक सागरको देश तथा विदेशमा पनि बढ्दो माग रहेको छ। अमेरिका,बेलायत,अष्टेलिया लगायत युरोपका बिभिन्न मुलुकहरुमा स्टेज कायक्रम प्रस्तुत गरिसकेका गायक सागरको,नयाँ एल्बमले चर्चा कमाएमा, झनै ब्यस्त बन्न सक्ने अनुमान गरिएको छ।