गैर आवासीय नेपाली संघ स्पेनको प्रेस बिज्ञप्ती


बिजया दशमी तथा शुभदिपावली २०७२ को पावन अवसरमा गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परीषद स्पेनले यही मिति २५ अक्टोबर २०१५ का दिन शुभकामना आदान प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गरी स्पेन भरि छरीएर रहेका समस्त नेपाली हरु बिचमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ सम्पन्न गर्यो |

एक आपसमा सम्पूर्ण नेपाली हरुलाई एकताको शुत्रमा बाध्दै आपसी भाइचारा बडाउन को लागी समेत आयोजित यस कार्यक्रम मा आफ्नो संस्कृति जगेर्ना गर्नु र प्रवाश मा समेत संस्कार तथा संस्कृति जीवन्त राख्नु प्रमुख उदेश्य भए अनुरुप कार्यक्रमको सुरुवात नै बिजया दशमीको टिका जमरा तथा आशिर्बाद जेष्ठ नेपाली महिला प्रेम कुमारी भुषाल बाट ग्रहण गर्दै शुभारम्भ गरिएको थियो |

स्पेन स्थित सम्पूर्ण राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, संघ संस्था हरु तथा कलाकार, ब्यबसायी बुद्दिजिबी पत्रकार, बिद्यार्थी र पेशाकर्मी लगायत सम्पूर्ण स्थायी तथा अस्थाई रुपमा स्पेनमा बसोबास गर्दै आउनु भएका नेपाली तथा बिदेशी हरुलाई आमन्त्रण गर्दै आयोजना गरिएको यस कार्यक्रम लाइ औपचारिक र सांस्कृतिक गरि २ भागमा बाँडेर संचालन गरिएको थियो |

एन आर एन आइ सी सी स्पेन सदस्य श्री एकराज गिरी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम को बिशेष अतिथि को रुपमा नेपाली कन्सुलेट लुइस बेल्भिस, कासा देल तिब्बत का सिन्योर वान्ग्चेन्, र तिब्बतियन समुदायका सिन्योर आल्फोंसो रहनु भएको थियो | सम्पूर्ण राजनैतिक तथा क्षेत्रीय अनि जातीय संघ संस्था हरुका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहनुभएको यस कार्यक्रम मा सबैले उपस्थित सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुलाई बिजया दशमी तथा दिपावलीको शुभकामना ब्यक्त गर्नु भएको थियो |

पानसमा बती बालेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै संस्थाका अध्यक्ष मुक्त बहादुर गुरुङ ज्यु को अनुपस्थिति मा ( वहाको बुवाको स्वास्थ उपचारको कारण नेपाल बाट नफर्किनु भएको ) कार्य बाहक अध्यक्षको जिम्मेबारी निभाउनु भएको उपाध्यक्ष राजु समशेर थापाले कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रम मा उपस्थित सम्पूर्ण लाइ कार्यक्रम सफल पार्न उपस्थित भइ दिनुभएको मा हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि तपाईहरुको साथ् र समर्थन प्राप्त भैरहोस भन्ने कामना गर्नु भएको थियो भने प्रमुख अतिथि एकराज गिरी ले भर्खरै सम्पन्न एन आर एन विश्व सम्मेलनमा भएको कुराहरुको जानकारी गराउदै सदैब नेपाली समुदायको हितमा लागी परिरहने कुराको जानकारी गराउनु भयो |
औपचारीक कार्यक्रम समापनको घोषणा लगतै बडादशैं रात्री भोज आयोजना गरियो यस रात्री भोजको लागी खाना ब्यबस्थापन संघका सचिब राम प्रसाद सापकोटा बिराज एबम हिमाली रेस्टुरेन्ट परिवारले गर्नु भएको थियो भने रात्रिभोजको समापन संगै सांस्कृतिक कार्यक्रको शुरुवात गरिएको थियो | नेपालका ख्याती प्राप्त गायक राजेश पायल राइ लाई आमन्त्रित गरिएको यस कार्यक्रम मा स्थानीय कलाकार तथा बाबु नानि हरुको प्रस्तुति बेजोड रहेको थियो |

स्थानीय कलाकार नेपाली पाठशालाका बालबालिकाहरुको पहिलो पटकको कार्यक्रम निकै आकर्षक देखीयो। अतित कार्की,स्नेहा श्रेष्ठ,नुरीया अवाले,श्रेष्ठ,सनिप श्रेष्ठ,आजीव कार्की,आरोशा सापकोटा,आशिष सापकोटा,बिनित खनाल,दिया भण्डारी,दिनेश भण्डारी,स्तुती कटुवाल,क्रिशाला ढकाल,सुजल भण्डारी र अक्षता भट्टराईको टोलीले बिभिन्न जातजाती,भेष भूसालाई समेट्दै फेसन सो गरेका थिए।

कार्यक्रममा अन्य स्थानीय कलाकारहरु सुमित्रा घिमिरे सापकोटा,तुलसी शिवाकोटी,समी गुरुङ,सुष्मिता गिरी,दिव्या भण्डारी,रेसा थापा,अनिता कार्की,संगीता कार्की,शिला केसी लगायतका कलाकारहरुले गीत संगीत तथा नृत्य प्रस्तुत गरे पश्चात स्टेजमा पाइला टेकेका गायक राजेश पायल राईले आफ्ना नया तथा पुराना गीत हरु बाट करिब २ घण्टा मनोरंजन गराए |

कार्यक्रमको सफलताको कामना गर्दै उक्त कार्यक्रम लाइ शुभकामना पठाउने हरुमा एन आर एन स्पेनका अध्यक्ष(नेपालबाट ) मुक्त गुरुङ, एन आर एन यूरोप संयोजक कुल आचार्य र एन आर एन क्षेत्रीय समिति म्याड्रिड बाट क्षेत्रीय सचिब रामकृष्ण पुडासैनी हुनुहुन्थ्यो |

सांस्कृतिक कार्यक्रमको समापन पछी खोलिएको चिठ्ठा कार्यक्रम संचालन संघका प्रवक्ता सुबास रानाभाटले गर्नुभएको थियो जसमा पहिलो र तृतीय पुरस्कार बिजेता हरुलाई पुरस्कार वितरण गरिएको तर दित्तीय पुरस्कार बिजेता चिठ्ठा नम्बर २७७ अनुपस्थित रहेकोले यथाशिघ्र अर्धकट्टी को साथमा संघका महासचिब संग सम्पर्क गर्नुहुन अनुरोध गर्दै सहयोगी तथा कला प्रस्तुत गरेका सम्पूर्ण कलाकार हरुलाई प्रसंशा पत्र प्रदान गर्दै कार्यक्रमको समापन गरियो |

टिका तथा जमरा लगाइदिने प्रेम कुमारी भुषाल ज्यु लाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो | प्रवेश द्वार मा अशोक नेपाल, जानुका रेग्मी बिनिता र पेशल कुमार कोइराला ले महत्वपुर्ण सहयोग गर्नु भएको थियो भने संघ ले तयारी समिति का साथै सम्पूर्ण उपसमिति सयोजक लगायत सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ |
उक्त कार्यक्रम को संचालन औपचारिक तर्फ संघका महासचिब उमेश अधिकारीले गर्नुभयो भने साँस्कृतिक तर्फ संघका सचिब सुनिल रानाभाट र महिला संयोजक सीता सिंहले संयुक्त रुपमा गर्नु भएको थियो भने स्वागत संघकी उपाध्यक्ष जानुका रेग्मी बिनिता र धन्यबाद मन्तब्य संघका अर्का उपाध्यक्ष गौतम गुरुंगले गर्नु भएको थियो |

उमेश प्रसाद अधिकारी
महासचिब
एनआरएनए स्पेन