कोजाग्रत पूर्णिमाका दिन,स्पेनबाट राष्ट्रिय मेलमिलापको सन्देश


बार्सिलोना
प्रत्येक कोजाग्रत पूर्णिमाका दिन नेपाली काग्रेसले गर्दै आएको चियापान कार्यक्रमको निरन्तरता, नेपाली जन सम्पर्क समिति स्पेनले यस बर्ष पनि दिएको छ। आफ्नो पार्टीले ‘राष्ट्रिय मेलमिलाप’ को सन्देश प्रबाह गर्दै बडादसैँ, तिहार तथा छठका अवसरमा आयोजना गर्दै आएको कार्यक्रमको निरन्तरता स्पेनमा पनि दिएको हो।

देशमा राष्ट्रियताको सवालमा दलहरु बीचको एकता अपरिहार्य रहेको बक्ताहरुले जोड दिए। भारतले अघोषित रुपमा नाकाबन्दी गरिरहेको संकटको घडीमा दलहरु एक जुट भई मेलमिलाप गर्नु पर्नेमा जोड दिएका हुन्। कार्यक्रममा सहभागीहरुले देशमा अहिले बिपीको सिद्दान्त र नीति जरुरी रहेको बताउँदै स्वाबलम्बन बन्दै भारत सँग कुनै पनि हालतमा नझुक्न सुझाब दिएका छन्।

यसैबीच बिगत देखि रहदै आएको आपसी सम्बन्धलाई निरन्तरता दिदै,आफुहरु मिलेर अघि बढ्ने, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले प्रतिबद्दता समेत ब्यक्त गरे।

12182302_1192889854071079_1405585369_nनेपाली जन सम्पर्क समिति स्पेनका पुर्ब अध्यक्ष एबम युरो काग्रेस उपाध्यक्ष पुष्प राज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,निबर्तमान सदस्य दिपक खरेल, एनआरएन स्पेनका कार्यबाहक अध्यक्ष राजु शमशेर थापा, प्रबासी नेपाली मन्च स्पेनका उपाध्यक्ष ओमर गुरुङ, नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसाल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

समितिका अध्यक्ष शालिक राम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यबाहक महामन्त्री प्रकाश भट्टराईले गरे।  तत्कालिन नेपाली काग्रेसका पार्टी सभापति बिपी कोइरालाले विसं २०३५ मा राष्ट्रिय मेलमिलापको नीति भन्दै चियापान तथा शुभकामना कार्यक्रमको शुरुवात गरेका थिए।

12181960_1192889704071094_662424739_n12179774_1192889864071078_1395924045_n