बेलघारी शुभकामना कपको उपाधी पिबि युनाईटेडलाई


पोखरा/
‘मैत्रीभाव तथा स्वास्थ्यको लागी खेलकुद’ मूल नाराका साथ यहि असोज २९ गते देखि कार्तिक १ गतेसम्म वेलघारी युवा समुहको आयोजनामा पोखरा १७ तिब्बेतियन क्याम्पको खेल मैदानमा संचालन भएको सेभेन ए साईट फुटबल प्रतियोगितामा छोरेपाटनको पि बि युनाइटेड विजयी भएको छ।

आयोजक बेलघारी युवा समुह र पिबि युनाइटेडविच भएको प्रतिस्पर्धात्मक खेलमा पिबि युनाइटेडका जर्सी नं ७ का सुनिल बिकले निर्णायक गोल गरेका थिए।
पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले उद्धाटन गरेर शुरू भएको प्रतियोगिताको फाईनल खेलमा प्रमुख अतिथि रहेका एन्फा कास्कीका अध्यक्ष धरम लामिछानेले बिजयी टिमलाई नगद, शिल्ड र मेडल प्रदान गरेका थिए।

unnamed-111डेविड फल्स क्लब, बिरौटा क्लबका अध्यक्षहरू खुम गुरूड्ग, सुर्य बराल उपस्थित रहेका यस कार्यक्रममा स्थानिय टोल विकास संस्था एवम् समाजसेवीहरूको बाक्लो उपस्थित रहेको थियो।१८ वटा टिम सहभागी रहेको उक्त प्रतियोगितामा बिजेता र उपविजेता टिमलाई नगद रू २२ हजार दुई सय वाईस र रू ११ हजार एक सय एघार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

सेमि फाईनलदेखि म्यान अफ म्याच प्रदान गरिएको थियो। फाईनल खेलमा म्यान अफ दि म्याच पिबि युनाइटेडका जर्सी नं ७ सुनिल बिकलाई प्रदान गरिएको थियो।
बेलघारी युवा समुहका महेन्द्र श्रेष्ठलाई उष्कृट खेलाडीको शिल्ड प्रदान गरिएको थियो। युवा समुहका सचिव दिपक सुवेदीले संचालन गरेको कार्यक्रमको मिडिया सहयोगीको रूपमा नेपालीनेपालीडटकम रहेको थियो।

unnamed-112

unnamed-114 unnamed-115 unnamed-116 unnamed-117