नेपालका ९ जिल्लामा एनआरएनको ३० अर्ब लगानी


काठमाडौ/गैरआवासीय नेपाली (एनआरएन) ले हालसम्म नेपालका ९ जिल्लाहरुमा ३० अर्ब रुपैयाँ लगानी गरेको प्रारम्भिक आकडामा देखिएको छ। आर्थिक पत्रकार समाज (सेजन) ले गरेको निकालेको प्रतिबेदन अनुसार यस्तो आँकडा देखिएको हो। ९ जिल्लाहरूमध्ये सबैभन्दा बढी लगानी उपत्यकाका तीन जिल्लामा २३ अर्ब १५ करोड १० लाख रुपैयाँ गैरआवासीय नेपालीको लगानी छ ।

यस्तै बाग्लुङमा २ अर्ब ९७ करोड ८ लाख ,मकवानपुरमा १ अर्ब २० करोड रुपैयाँ,कास्कीमा १ अर्ब १ करोड, गोरखामा ८४ करोड १० लाख, चितवनमा ३५ करोड २० लाख र सिरहामा २३ करोड ३० लाख रुपैयाँ ६७ वटा उद्योग तथा प्रतिष्ठानहरूमा लगानी रहेको अध्ययनले देखाएको छ ।

सबैभन्दा बढी ४७ वटा सेवामूलक उद्योग, ८ वटा जलविद्युत्मा,७ वटा उत्पादनमूलक उद्योग र ३ वटा गैरनाफामूलक संस्थामा एनआरएनको लगानी छ । लगानीबाट ८ हजार २ सय ७६ जनाले रोजगारी पाएको अध्ययनले देखाउँछ । जसमध्ये ५ हजार ४ सय ९६ पुरुष हुन् । ९ जिल्लाबाट अध्ययनको सुरुवात मात्रै भएको संघले जनाएको छ।