यी हुन् भूकम्पमा परिवारका १७ जना गुमाउँदा पनि, राहतमा जुट्ने बिष्णुमान


काठमाडौ/ महाभूकम्पमा आफ्नो परिवारका १७ जना सदस्य गुमाएर पनि गैरआवासीय नेपाली संघले थालेको भूकम्प पिडीत राहत अभियानमा सक्रियतापूर्वक लागेका बिष्णुमान प्रधानलाई बिश्व सम्मेलनको मञ्चमा प्रस्तुत गरिएको छ। अमेरिका निबासी प्रधानलाई एनआरएनए अध्यक्ष शेष घलेले मञ्चमा नै बोलाएर सम्मान ब्यक्त गरेका हुन्।

परिवार माथि परेको त्यति ठूलो बज्रपातलाई सहदै बिष्णुले आफुजस्तै पीडामा परेका नेपालीहरुको सहयोगमा जुटाएको भन्दै घलेले खुलेर प्रशंसा गरे। घलेले मञ्चमा बोलाउँदै भने,”यी हुन् रियल हिरो जसले गर्दा  हामीलाई राहतमा जुट्न प्रेरेणा दिए।

गैरआवासीय नेपाली संघको सातो बिश्व सम्मेलनका अबसरमा घलेले उनै रियल हिरो बिष्णुलाई मञ्चमा बोलाएर गैर आबासीय माँझ चिनाए। मनका धनी गैरआवासीय नेपाली साथीहरुले नै यो संस्थालाई धनी बनाएको भन्दै घलेले सलाम ब्यक्त गरे।

भूँईचालोबाट  काठ्माण्डौंको स्वयम्भु नजिकै शोभा भगवतीमा रहेको घरमा सप्ताह पूजाकोलागि जम्मा भएको बेला प्रधानले आफ्नी श्रीमती,छोरा,भाइ, बुहारी,बहिनी ज्वाईं बहिनीको सासु, सासुका बाआमा लगायत १७ जना आफन्तलाई एकै चोटी गुमाएका थिए।

तपाईको प्रतिक्रिया