“चुनाब हार्ने होस् वा जित्ने, राष्ट्र पुनः निर्माणको सच्चा साझेदार”


वसन्त रानाभाट
गैर आवासीय नेपाली संघको अध्यक्षमा पुन: शेष घले बिजयी भएका छन्। खसेको मतको८० प्रतिशत भन्दा बढी मत ल्याएर घले बिजयी भएका हुन्। निर्बाचनमा यति ठुलो बहुमत ल्याएर, सायदै  बिजयी हुने गर्छन्। बिगत दुई बर्षे कार्यकाललाई गैर आबासीयहरुले अत्याधिक मन पराउँनु ले नै यस्तो निर्बाचन परिणाम आएको हो।

युरोपको ३८३,एसिया २४६ मध्य पुर्ब २२५,अमेरिका १२२,ओसेनिया १२० र अफ्रिकाका १४ मतदाताहरु मध्ये घलेलाई ८६७ मत दिएका छन्। यो एउटा क्षेत्रले मात्र दिएको मत हैन। प्रत्येक क्षेत्रबाट बहुमत गैर आबासीयहरुले घलेलाई रुचाएको स्पष्ट हुन्छ।

राष्ट्र पुनः निर्माणमा सच्चा साझेदारी गर्ने र सम्बृद्ध मातृभूमीको निर्माणमा अझै दत्तचित्त भएर लाग्ने उनको प्रणलाई गैर आबसीयहरुले आजै देखि दिन गन्न सुरु गरेका छन्।
बैदेशिक रोजगार कल्याणकारी कोष संचालन, भूकम्पबाट तहसनहस भएको मुलुकको पुनःनिर्माणमा साझेदारी, आफ्नै भवन निर्माण काम पुरा गर्ने, सरकारले अनुमति दिई सकेको एक हजार घर निर्माण काम सकेर भूकम्प पिडितहरुलाई हस्तान्तरण गर्ने जस्ता चुनौती पूर्ण काम घले नेतृत्वको काँधमा छ।

बिगत दुई बर्षमा संस्थालाई स्थायित्व दिन, भरोसा योग्य बनाउन र देशको सम्बृद्धिमा दत्त चित्त भएर लाग्नु घलेको बिजयीको मुख्य कारण हो। देशमा भूकम्प जाँदा संसार भरका गैर आबासीयहरुलाई एकै ठाउँमा केन्द्रित गर्दै नेतृत्व लिनु, राहत बितरणमा आँफै पुगेर खटिएको टिमलाई प्रेरेणा दिनु नै ८० प्रतिशत बढी गैर आबासीयहरुको बिश्वास  हो।

पहिलो कार्यकालमा संस्थाको आफ्नै भवन निर्माण गर्न संसारभरका गैर आबासीयहरुको आँगन पुग्दै,अग्रसरता देखाएर पनि घलेले मन जिते। सम्मेलनमा पुग्न जता पनि समय दिए। उनि युरोप,अमेरिका,एसिया,मध्य पुर्ब, मात्र हैन अफ्रिका पनि पुगे। अर्फ्रिका क्षेत्रमा पुगेर गैर आबासीयहरुको समस्या बुझ्नु,महिला दिदि बहिनीहरुको अबस्था बुझ्नु ,हामी बीचका समस्याहरुको पहिचान हो। चाहे अफिक्रामा बिचिल्ली परेका चेलीहरुलाई ब्यथालाई होस् वा खाडीमा दाजुभाईको पिडालाई कम गर्न घले नेतृत्वले सक्दो पहल कदमी चाल्नै पर्छ।

नयाँ कार्य समितिमा पुरानै अनुहार

पुरानो कार्यसमितिका धेरै एनआरएन अभियन्ताहरुले बिजयी पाप्त गरेका छन्। भवन भट्ट,कुमार पन्त,ड़ा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ र हिक्मत थापा मुख्य जिम्मेबारी पदहरुमा बिजयी भएका छन्। जापानका ब्यबसायी भट्टले पुन: उपाध्यक्षमा उम्मेद्वारी दिदै बिजयी बने। जर्मनीका पन्त यस अघि संघको महासचिव थिए र अहिले उपाध्यक्षमा बिजयी बने।

भूकम्पमा रकम संकलन होस् वा भवन निर्माणमा रकम जुटाउँदा सफलता पुर्बक कोषाध्यक्षको जिम्मेबारी निर्बाह गरेका रसियाका डा.केसी महासचिवमा निर्बाचित भए। बेल्जियमका युवा ब्यबसायी श्रेष्ठले युरोप क्षेत्रको संयोजकको भूमिका सफलता पुर्बक निर्बाह गरेका कारण सचिवमा बिजयी बने। अफ्रिकाका गैर आबासीयहरुको समस्यालाई नजिकवाट बुझेका नाईजेरियाका थापाले कोषाध्यक्षको जिम्मेबारी पाएका छन्।

- बसन्त रानाभाट
– बसन्त रानाभाट

यो अलवा अन्तराष्ट्रिय महिला संयोजकमा सपिला राज भण्डारी र उप – संयोजक रजनी प्रधानले यस अघि कै जिम्मेबारीलाई दोर्याएका छन्।  बिगत दुई बर्षमा एनआरएनएको राम्रो टिम बनेको थियो जसले गर्दा महत्व पूर्ण काम गर्न सफल भयो। अहिलेको मत परिणामलाई हेरेर बिश्लेषण गर्दा, गैर आवासीयहरुले त्यही टिमको निरन्तरता चाहेको देखिन्छ। त्यसैले नयाँ कार्यसमितिमा  धेरै पुरानै अनुहार देखिएका छन्।

क्षेत्रगत प्रतिनिधित्व

एनआरएन केन्द्रमा आफ्नो क्षेत्रको वा देशको प्रतिनिधि पुगोस् भन्ने जो कोहिँ गैर आबासीयले चाहना राखेको हुन्छ। तर कतिपय अवस्था सक्षम नेतृत्व,समय,क्षमता हरेक कारणले गर्दा एउटै भेग वा क्षेत्रबाट धेरै को प्रतिनिधित्व हुन पनि सक्छ वा शुन्य पनि होला। तर यो सबै काल खण्ड,समयमा एउटै हुन्छ भन्नु छैन।

अहिलेको निर्बाचनलाई नै हेर्दा अष्टेलियाबाट अध्यक्ष,उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्ष जस्ता महत्वपूर्ण पदमा उम्मेद्वारी दर्ता गर्दा धेरैले एउटै क्षेत्रमा सबै पद भनेर आलोचना पनि गरे। तर निर्णयको अधिकार सबै गैर आबासीयहरु बीच नै हुन्छ। अन्तत: सबै पदमा सबै बिजयी त भएनन् ?ईच्छा राख्नु,वा काम गर्ने समय निकाल्नु आखिर संस्था प्रतिको लगाव नै हो।

अफ्रिका क्षेत्रबाट निर्बाचनमा जम्मा १४ जनाले मताधिकार प्रयोग गर्दा सोहि क्षेत्रका हिक्मत थापा कोषाध्यक्ष पदमा बिजयी बने। उनले २६४ मत पाप्त गर्दै बिजयी बनेका हुन्। उनले प्राप्त गरेको मत अफ्रिकाको मात्र पक्कै होईन, संसार भरका गैर आबासीयहरुको हो।

अफ्रिकामा मुख्य पद जाँदा अमेरिका,एसिया,मध्यपुर्बमा शुन्य भयो भनेर बुझियो भने साहेद गलत होला। त्यसैले बुझ्न यसरी पनि जुरुरी छ कि समय,क्षमता,अबस्था हेरेर गैर आबासीयहरुले बिबेक प्रयोग गर्दै मताधिकारको प्रयोग गर्छन्। त्यसैले भोलि नेतृत्व एसिया,मध्य पुर्बमा मात्र हैन अफ्रिका पनि पुग्छ भन्ने सन्देश निर्बाचनले दिएको छ।

“चुनाब हार्ने होस् वा जित्ने, राष्ट्र पुनः निर्माणको सच्चा साझेदार”

संसारका बिकसित मुलुकका प्रजातान्त्रिक अभ्यासहरु हामी गैर आबासीयहरुले धेरै नजिकबाट आफ्नै आँखाले देखेका छौ। हार र जित यी सबै प्रजातान्त्रिक प्रक्रियाहरु हुन्। सबैले आत्म साथ गर्न जरुरी छ। जित्नेहरु पदीय जिम्मेबारीले गर्दा पनि, राष्ट्र पुनः निर्माणको सच्चा साझेदारी अभियानबाट टाढा रहन पाउने छैनन्।

तर चुनाब हार्नेहरु पनि निर्वाचन माहोलमा खटिए भन्दा बढी यो अभियानमा लाग्न जरुरी छ। भोलिको जित तपाईको हो, किनकी मुल्याङ्कनको जिम्मेबारी केबल गैर आबासीयहरुले नै गर्ने हुन्।

चुनाबमा जित्ने वा हार्नेहरु मात्र हैन, न कि अधिबेशनमा सहभागी १५ सय प्रतिनिधि मात्र,  यहाँ त ५० लाख गैर आबासीयहरुलाई देश निर्माणको सच्चा साझेदार बनाउँन जरुरी छ। मेरो क्षेत्रमा कसले जित्यो वा मेरो देशमा को हार्यो भनेर हैन, अब यो नयाँ नेतृत्वलाई सबैले खुलेर साथ दिनु पर्छ। किनकी “तपाई राष्ट्र पुनः निर्माणको सच्चा साझेदार हो।”