महिलाहरु हिंसा सहेर एक दिन पनि बस्नु हुदैंन


कृष्ण रानाभाट/ पोखरा,
महिलाहरु आफ्नै घरभित्र र समाजमा हिंसा सहेर बस्नु पर्ने वाध्यता रहेको हुँदा अबदेखि एक दिन पनि हिंसा सहन नहुने शनिबार पोखरामा आयोजित एक कार्यक्रममा महिला अधिकार मञ्च नेपालकी केन्द्रिय सदस्य राधा गौतमले वोलेकी हुन्।

उनले शान्तिघाट आमा समुहको चौथो साधारण सभाको अवसरमा उक्त कुरा वोल्दै महिलाले विहान ५ वजेदेखि रातको १० वजे सम्मको कामको मुल्याङकन हुनुपर्ने, लोग्ने मान्छेले विभिन्न वहाना देखाएर पेल्न खोजे, हिंसा गर्न खोजे आफुले घरमा गरेको कामको तलबको हिसाब गर्नुपर्ने वताईन्।

‘जसको सवाल, उसको अगुवा’ भन्ने मुल नाराका साथ महिला अधिकार मञ्चले कार्य गर्दै आएको वताउँदै महिला हिंसा सुकुम्बासीमा मात्र नहुने भन्दै पाँच लते घरमा पनि हुने भएकोले हिंसा कुनै पनि बहानामा स्विकार्नु नहुने वताउदै कुनै पनि महिलालाई कुनै पनि समस्या परेमा आफुलाई सम्पर्क गर्न समेत उनले वताएकी छन्।

कार्यक्रम पोखरा उपमहानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोईरालाले टोलमा हुने महिला हिंसा, सरसफाई, शुभकामना तथा विकासका कार्यक्रमहरु सबै संघसंस्थाहरु मिलेर गरेमा योजना कार्यान्वयन गर्न सजिलो हुने वताए।

टोल विकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशीले वडा नं. ९ लाई विकासका कार्यक्रममा सहभागिता, पुर्णखोप सुनिश्चित पहिलो नगरपालिका वनाउन महिला दिदी बहिनीहरुको ठुलो हात रहेको वताउँदै महिला समुह तथा आमा समुहले गरेका कार्यको प्रशंषा गरेका थिए।

वडा स्तरिय महिला समन्वय समिति पोखरा ९ की अध्यक्ष दिलमाया गुरुङले नेपाली हरेक कुरामा भारतको भर पर्दा धेरै दुःख पाएको वताउँदै आफ्नो क्षेत्रमा रहेको बाँझो जमिनमा आमा समुह मिलेर सामुहिक खेति गर्न थाल्नु पर्ने वताईन्।

समुहकी अध्यक्ष निरु रानाभाटले आमा समुहले कुनै पनि सामाजिक कार्य गर्दा सानो कुरामा नअल्मलिईकन दिर्घकालिन सोच लिएर कार्य गर्नु पर्ने वताउँदै पोखरा प्रदर्शनीमा हरेक वर्ष पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवमा पार्किङको रकम उठाएर वाटोघाटो वनाउनु परेको वताउँदै अबदेखि १/२ प्रतिशत रकम वाटो मर्मत सम्भारमा छुट्टाउनु पर्ने माग राख्नु पर्ने वताईन।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णु बहादुर भट्टराई, नेकपा एमाले वडा नं. ९ का अध्यक्ष प्रकाश शर्मा, सत्यश्वर आमा समुहकी अध्यक्ष विष्णुमाया श्रेष्ठ, वडा नागरिक मञ्च पोखरा ९ का अध्यक्ष लेखुराम खती, सम्मानित व्यक्तित्वको तर्फबाट समुहकी संस्थापक अध्यक्ष दुर्गादेवि पहारीलगाएतले वोलेका थिए।

कार्यक्रममा समुहकी संस्थापक अध्यक्ष दुर्गादेवी पहारी, शान्तिबन टोल विकास संस्थाका उपाध्यक्ष शेषनारायण पौडेल र शान्तिदर्शन पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष वेलदास पहारीलाई खादा, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो।
समुहकी अध्यक्ष निरु रानाभाटको अध्यक्षको अध्यक्षतामा भएको साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो भने कार्यक्रम संचालन सचिव सरस्वती श्रेष्ठ ‘सरु’ले गरेकी थिईन।