कोपनहेगनमा ‘डान नेपाल’ संस्थाको विशेष कार्यक्रम


कोपनहेगन । डेनमार्कमा बढ्दै गैरहेको नेपाली समुदायलाई लक्षीत गर्दै कोपनहेगनमा हालै विविध जानकारी मुलक सहितको कार्यक्रम सम्पन्न भएको छ । डान नेपाल कोपनहेगन नामक संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बढ्दो रुपमा रहेको नेपाली समुदायको यकिन तथ्यांक कति हो भन्ने कुरा हालसम्म जानकारी नभएको परिप्रेक्ष्यमा यो कार्यक्रम निकै फलदायी रहेको सहभागी सबैले बताए । डेनमार्कमा नेपालीहरुको संख्या र विविध क्षेत्रगत रुपमा तथ्यांक प्रश्तुत गरिएको सो कार्यक्रममा डान नेपाल संस्थाका विजय मल्लले पावर पोइन्टको माध्यमबाट विविध जानकारी सहितको तथ्यांक प्रश्तुत गरेका थिए । कुन क्षेत्रमा कति नेपाली छन् भन्ने तथ्यांक सहितको प्रश्तुती गरिएको कार्यक्रममा सहभागीहरुले विविध विषयमा प्रश्नहरु समेत गरेका थिए ।

Screen Shot 2015-10-05 at 11.05.51

कार्यक्रममा दिइएको जानकारी अनुसार डेनमार्कमा जुलाई १ २०१५ सम्मको संख्या २५ सय ३६ रहेको छ र यसमा डेनमार्क प्रवेश गरेर देश छोडेका हरुको संख्या समावेश छैन । यो संख्यामा सन् २०१५ जुलाई भन्दा पछि आउने हरुको संख्या सामेल नभए पनि त्यसको तथ्यांक पनि छिटै आउने र आएपस्चात जानकारी दिइने पनि मल्लले जानकारी दिए ।

कार्यक्रमको उद्धेश्यका बारेमा बोल्दै डान नेपाल संस्थाका अध्यक्ष इसान मान सिंह अधिकारीले भविष्यमा नेपाली समुदायको लागि उपयुक्त कार्यक्रम गर्ने योजना संस्थाको रहेको बताए ।

Screen Shot 2015-10-05 at 11.06.01

सो कार्यक्रममा डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्ट तथा दुतावासका नियोग उप-प्रमुख रामकाजी खड्का को पनि उपस्थिति रहेको थियो । निकै जानकारी मुलक कार्यक्रम रहेको भन्दै राजदुत भट्टले कार्यक्रमको प्रशंशा गरेका थिए ।

नेपाली समुदायको लागि यस किसिमको कार्यक्रमको आयोजना हुनु राम्रो भएको कुरा स्क्यांडेनेभियन हेल्प नेपाल नाम संस्थाका पुरुषोत्तम रंजितकारले बताए । सो अवसरमा जनसम्पर्क समिति डेनमार्कका भू.पु. अध्यक्ष त्रिलोचन सापकोटा, जनप्रगतिशील डेनमार्कका अध्यक्षगणेश ढकाल अन्य सहभागी लगायतले सुझाव प्रश्तुत गरेका थिए ।