छैंठौँ एकता समाज रनिङ कप फुटबल पेरिसमा सम्पन्न


पेरिस / नेपाली एकता समाज फ्रान्सको आयोजनामा छैंठौँ एकता समाज रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। नेपाली राजदुतावास पेरीस फ्रान्सका उपनियोग प्रमुख राम बाबु ढकालको प्रमुख आतित्थ्यमा प्रतियोगिता सम्पन्न सम्पन्न भएको हो।

गत सेक्टेम्बर २० मा सम्पन्न प्रतियोगितामा तमु समाज ए बिजेता बनेको छ भने, दोस्रो हुन एनआरएनए फ्रान्स सफल भएको छ।साथै खेलमा सर्वाधिक गोलकर्ता नन्द गुरुङ उत्कृष्ट खेलाडीमा सुप्रित राना र नव उदयीमान खेलाडीमा ईश्वर गुरुङलाई सम्मान गरिएको थियो।

प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैलाई नेपाली एकता समाजले धन्यबाद तथा आभार प्रकट गरेको छ।