भारतीय नाकाबन्धी बिरुद्द कतै एनआरएनहरु बने आगो,कतै भने मौन ब्रतमा


स्पेन/ नेपालमा बनेको नयाँ संबिधान प्रति असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्धीको हदसम्म पुगेको भारत सरकार बिरुद्द संसारभरबाट एनआरएनहरु बिरोधमा उत्रन शुरु गरेका छन्। नेपाली जनताहरुले आफ्नै हातले कोरेर जारी गरेको संविधानमा अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै, स्वागत गरिरहेका बेला छिमेकी मुलुक भारत भने असन्तुष्टी बन्दै  नाकाबन्दीको हद सम्म पुगे पछि एनआरएनहरुले आक्रोस पोख्न शुरु गरेका हुन्।

नेपाली संघ सस्थाहरुलाई समेटेर राष्ट्रिय समन्वय परिषदहरुको अगुवाईमा भारतीय दुताबास एबम कन्सुलर कार्यालयमा ज्ञापान पत्र बुझाउँदै बिरोध कार्यक्रम भई रहेका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र जापानले संघ सस्थाहरुको नेतृत्व गर्दै भारतीय दुताबासमा ज्ञापनपत्र बुझाईसकेका छन्। यस्तै स्विजरल्याण्डमा एनआरएनको नेतृत्वमा बिरोध कार्यक्रम नभए पनि नेपाली जनसम्पर्क समिति स्बिजरल्याण्ड,प्रबासी नेपाली मञ्च,नेपाली ऎक्यबद्दता मञ्चले हस्ताक्षर सहित ज्ञापनपत्र बुझाई बिरोध सभा पनि गरे।

यस्तै गैर आबासीय नेपाली संघ अष्ट्रेलियाले पनि भारतीय नाकाबन्धीको खुलेर बिरोध गरेको छ। अध्यक्ष सुरेन्द्र सिग्देल द्वारा जारी बिज्ञप्तिमा स्वतन्त्र र सार्बभौम मुलुक नेपालमा बाहिरी हस्तक्षेप नगर्न सचेत गराएको छ।

एनआरएन बेल्जियम पनि बिरोध गर्दै

गैर आबासीय नेपाली संघको केन्द्रबाट जारी बिज्ञप्तिमा कार्यक्रमहरुबारे उल्लेख नगरीए पनि, राष्ट्रिय समन्वय परिषदहरु स्वतस्फुर्त रुपमा नाकाबन्धीको बिरोधमा जुटेका छन्। एनआरएन केन्द्रले भने दुई मुलुकहरु गंभिर बनी बार्ता र छलफल गरि निकास निकाल्न अनुरोध गर्दै बक्तब्य जारी गरेको थियो।

जापान र स्पेनमा जस्तै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले पनि दुताबासमा ज्ञापन पत्र बुझाउदै नाकाबन्धीको बिरोध गर्ने भएको छ। संघले ब्रसेल्समा हुने बिरोध कार्यक्रममा सहभागी हुन बेल्जियम स्थीत संघ संस्था तथा नेपाली समुदायहरुलाई आह्वाबान गरेको छ।

शुक्रबार दिउँसो १२ बजे देखी २ बजे सम्म ब्रसेल्समा स्थित भारतिय दुतावसमा बिरोध तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको अध्यक्ष गगांधर गौतम द्वारा जारी सुचनामा उल्लेख छ।

अझै पनि मौन

भारतीय नाकाबन्धी बिरुद्द अष्ट्रेलिया,जापान,अमेरिका,बेल्जियम,स्पेनमा एनआरहरुले केहि न केहि माध्यमबाट बिरोध जनाईरहेको बेला धेरै राष्ट्रिय समन्वय समन्वयहरू भने परिषदहरु भने अझै पनि मौन छन्।

गैर आबासीय नेपाली संघको संजाल ७१ मुलुकमा पुगिसकेको भए धेरै मुलुकहरुमा बिरोधका कार्यक्रम वा बिज्ञप्ति समेत प्रकाशित हुन सकेका छैनन्।

नाकाबन्दी गरेकोमा अमेरिकाका एनआरएन ११ वटा स्टेट च्याप्टरले संयुक्त विज्ञप्ति जारी गर्दै नाकाबन्दीले भारतले आफ्नो असली अनुहार उदांगो पारेको भन्दै टिप्पणी गरेका थिए।