स्पेनबासी नेपालीहरुले गरे नयाँ संबिधानको स्वागत


बार्सिलोना / स्पेनका नेपालीहरुले मुलुकमा नयाँ संबिधान जारी भएकोमा, स्वागत गर्दै दिपावली गरेका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आयोजना गरेको कार्यक्रममा आपसमा खुसीयाली साट्दै दिपावली गरेका हुन्।

राष्ट्रपति डा. रामवरण यादवले विशेष समारोहबीच घोषणा गर्दै ‘नेपालको संविधान-२०७२’लाई जारी गरे पछि प्रबासमा पनि यसको भब्य रुपमा स्वागत भईरहेको छ।

राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले दिप प्रज्ववलन गर्दै नयाँ संबिधान निर्माणले गैरआवासीयमा उत्साह छाएको बताउदै देशमा संबिधान निर्माणले हषिर्त बनाएको बताए। संघले ऐतिहासिक खुसीको क्षणमा दिपावली गर्दै खुसी मनाएको बताए।IMG_7116कार्यक्रममा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरु लगायत सर्बसाधारणहरुको उपस्थिति रहेको थियो। नगरपालिकाको अनुमति लिएर सोमबार खुल्ला रुपमा गरिएको दिपावली कार्यक्रम बिदेशीहरुले समेत चासो दिदै हेरेका थिए।

यसअघि आईतबार नै नेपाली जनसम्पर्क समिति स्पेन र प्रबासी नेपाली मञ्च स्पेनले बार्सिलोनामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि संबिधान निर्माण भएकोमा खुसी ब्यक्त गर्दै दिपावली गरे।

IMG_7123IMG_7115IMG_7128IMG_7125IMG_7114