राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ को घोषणा,


काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । असोज ३ गते साँझ ५ बजेर ५५ मिनेटमा राष्ट्रपति रामवरण यादवद्वारा नेपालको संविधान–२०७२ जारी भएको घोषणा गरेका हुन्।

‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान -२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे । राष्ट्रपतिले सम्बोधन गर्दै सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् ।

नयाँ संविधानले नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डता रक्षा गर्ने साझा संकल्पको दस्तावेज भएको उनले बताए। देशका सबै नागरिकलाई यस अवसरमा बधाई दिँदै राष्ट्रपति यादवले ७ दशक देखिको नेपाली चाहना संविधानको घोषणाले सँगै मूर्त रूप लिएको बताए। ‘यसको घोषणा सँगै संघीय लोकतान्त्रिक संथागत भएको छ,’ उनले भने।

यसले जनतामा सार्वभौम सत्ता जनतामा निहित छ भन्ने स्थापित भएको उनको भनाइ थियो।राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ । संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्षर महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।