टुर दि पोखराका लागि प्रि र्याली सम्पन्न,देश विदेशबाट सहयोग आउँने क्रम जारी


मोहन मुन/ पोखरा,नेपालको पर्यटकीय केन्द्र पोखरामा हुन लागेको “टुर दि पोखरा-२०१५” को पुर्ब सन्ध्यामा सबै रूटहरूमा प्रि-रयाली सम्पन्न भएकोछ। यहि सेप्टेम्वर २९ मा हुन लागेको अन्तराष्ट्रीय स्तरको साइकल र्यालीलाई ब्यापक प्रचारप्रसार गर्दै प्रि र्याली गरिएको हो। कार्यक्रमका संयोजक निरज थापाले बिदेशबाट सहयोग गर्ने सहयोगी हातहरूलाई घन्यवाद दिएका थिए। यस्तै साईकल सिटी पोखराका अध्यक्ष  जितेन्द्र शाक्यले सबैलाई ट्राफिक नियममै रहेर साईकल चलाउन आग्रह गरे।

नेपालीनेपाली डटकमको समाचार प्रभाव, सहयोग आउने क्रम जारी

नेपालीनेपालीडटकममा टुर दि पोखरा २०१५ सम्बन्धि समाचार,लेख र बिशेष अन्तरवार्ता प्रकाशित भएपछि  देश-विदेशबाट सफलताको कामना गर्दै सहयोग रकम आउने क्रम जारी रहेको कार्यक्रम संयोजक थापाले जानकारी दिए।

उनका अनुसार हाल वेलायतमा रहेका पोखरा रामवजार सोसाइटी युकेका अध्यक्ष सनमन गुरुङ्गले पाँच हजार रुपैयाँ ललितपुर घर भई हाल दुवइको स्टारवक्स कम्पनीको डिस्टीक म्यानेजर पदमा कार्यरत शंम्भु गुरुङ्गबाट १२ हजार १ रुपैयाँ,सोहि कम्पनीमा स्टोर म्यानेजरको रुपमा कार्यरत पोखराकी अस्मीता थापाबाट पाँच हजार रुपैयाँ पाप्त भएको छ।

यस्तै पोखरा रामवजार घर भई हाल जापानमा रहेकी अस्मिता थापाबाट पाँच हजार रुपैयाँ बिरौटा कल्बका अध्यक्ष सुर्य प्रसाद बरालले हङ्कङ्गमा रहेकी सृजना मल्ल श्रेष्ठले पठाएको पाँच हजार रुपैयाँ पनि संयोजन थापालाई हस्तान्तर गरे।

यस्तै अमेरिका रहेका एशिया मानव अधिकार तथा सांस्कृतिक विकासका अमेरिकाका प्रतिनिधि याम पौडेलले ११ हजार १ सय ११ रुपैयाँ ,जापानका लासो नेप्लीज रेष्टुरेण्टका प्रविन बुद्धाचार्यले पनि पाँच हजार रुपैयाँ सहयोग पठाएका छन्।