नेवारी महिला समूहमा मिरा श्रेष्ठ


पोखरा,/ नेवारी महिला समूह (नेवा मिसा पुचः) नयाँबजारको शनिबार सम्पन्न चौथो बार्षिक साधारण तथा दोस्रो अधिवेशनले मिरा श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा यमुना श्रेष्ठ, कोषाध्यक्षमा मीना माकाजु, सचिबमा कोपिला श्रेष्ठ, सह–सचिबमा निशा ताम्राकार र सदस्यहरुमा निलम श्रेष्ठ, लक्ष्मी मुल्मी, सकिला श्रेष्ठ र श्यामा श्रेष्ठ चयन भएका छन् भने आमन्त्रित सदस्यमा बिस्नु नकर्मी, गंगा श्रेष्ठ, राधा राजभण्डारी, पुजा बाटाजु, सुनी श्रेष्ठ र शान्ती श्रेष्ठ जोशी मनोनयन भएका छन् ।

समितिको सल्लाहकारमा गोमा प्रधान, बेदकुमार श्रेष्ठ र चिजकुमारी ताम्राकार लाई चयन गरिएको छ। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेवाखलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवा मिसा पुचः नयाँबजारका महिला विभिन्न सामाजिक कार्यमा सक्रियाका साथै आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्नाको लागि क्रियाशिल रहेको बताए ।

उनले सबै जातजातिका आ–आफ्नै धर्म–संस्कृति भएपनि एक जातिले अर्को जातिको धर्म र संस्कृतिलाई सम्मान गर्दै सामाजिक सहिष्णुता र सद्भाव कायम गर्नुपर्ने बताए ।कार्यक्रममा नयाँवजार सांस्कृतिक समितिका सल्लाहकार बेदकुमार श्रेष्ठले नेवारी महिला पछिल्लो समयमा सशक्त हुँदै गएको भन्दै आफ्नो संस्कार संस्कृति जगेर्नामा नेवारी महिलाको अतुलनिय योगदान रहेको बताए ।

सो अवसरमा नेवा खलः कास्कीका महासचिव प्रदिप रंजित, टोल विकास संस्था नगर समन्वय प्रथम उपाध्यक्ष उत्तम जोशी, नयाँवजार सांस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, सल्लाहकार आनन्द श्रेष्ठ, मिसा खलः कास्कीका महासचिव संगिता बज्राचार्यलगायतले नेवारी महिलामा व्यक्तित्व तथा नेतृत्व विकासको खाँचो रहेको बताए । सम्पन्न कार्यक्रममा सचिव मिरा श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मिना माकाजुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सम्राट आर्टस्का सञ्चालक सागर उदासले आफ्नी दिवंगत धर्मपत्नी शर्मिला उदासको स्मृतिमा एक लाख रुपैयाको अक्षयकोष स्थापनार्थ मिसा पुचःका नवनिर्वाचित अध्यक्ष रमा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । नेवारी महिला समुहकी अध्यक्ष रमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मिरा श्रेष्ठले गरेकी थिईन्।