प्रबासी नेपाली मञ्च बेल्जियमको अधिबेशन २७ सेप्टेम्बरमा


बेल्जियम/प्रवासी नेपाली मञ्च बेल्जियमको पाचौ अधिबेशन आउदो सेप्टेम्बर २७ तारिक हुने भएको छ। अधिबेशन बारे मञ्चले सूचना जारी गर्दै जानकारी गराएको हो।

अधिबेशनका लागि संगठनिक सदस्यता नबिकरण गर्ने कार्यलाई मञ्चले तिब्ररुपमा अगाडी बढाएको अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए।

मञ्चले समर्थन गरेको सरु चापागाँईको प्यानलले हालै भएको एनआरएन बेल्जियमको चुनाबमा समाबेसी प्यानल ( मावोबादी, कांग्रेस, जनजाती लगायत अन्य) सँगको प्रतिश्पर्धामा सम्मानजनक मत ल्याई झिनो मतले पराजित भएको थियो।