प्रवासी मंचको तीज कार्यक्रममा नाचे चेलीहरु


कोपनहेगन । हरेक बर्ष जस्तै कार्यक्रम आयोजना गर्दै आएको प्रबासी नेपाली मञ्च डेनमार्कले यस पटक पनि तीज कार्यक्रम सम्पन्न गरेको छ । डेनमार्कमा रहेका चेलीबेटीहरुलाई तीजको दर खुवाउने कार्यक्रममा नेपाली चेलीहरुले तीजको दर संगै नाचगान पनि गरे । कोपनहेगन नजिकै रहेको हलमा आयोजित कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।

Screen Shot 2015-09-14 at 15.27.14मञ्चका अध्यक्ष कृष्ण प्रसाद पौडेलले हरेक वर्ष गरिने कार्यक्रम अन्तर्गत यो पटक पनि कार्यकम गरी नेपाली चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरिएको बताए ।

Screen Shot 2015-09-14 at 15.26.01उक्त हलमा नै खानाको व्यस्थापन गरिएको थियो भने प्रवासी मंचका पदाधिकारीहरु व्यवस्थापनमा निकै खटेका थिए । बिष्णु पौडेल, जयलाल न्यौपाने, कृष्ण सुवेदी, दिपक पाण्डे, शुशिल घिमिरे, शिव चापागाईं, घनश्याम गौतम, प्रल्हाद मिश्र, नरेन्द्र बस्नेत,रुद्र पौडेल लगायतका व्यक्तिहरु कायक्रम सफल बनाउन लागि परेका थिए ।

Screen Shot 2015-09-14 at 15.28.28