महिला फोरम स्पेनले तीज बिशेष कार्येक्रम गर्ने


– सन्तोष श्रेष्ठ
बार्सिलोना/ एनआरएनए महिला फोरम स्पेनले महिलाहरुको बिशेष चाड हरीतालिका तीज बिशेष कार्येक्रम गर्ने भएको छ । हरेक वर्ष मनाउदै आएको कार्यक्रम यस वर्ष पनि सम्पूर्ण दिदी बहिनीहरुलाई उपस्थिति हुन आग्रह गर्दै फोरमले मनाउन लागेको हो ।

भुकम्पले देश क्षत विक्षत भएर अझै सम्म पनि स्थिती सामान्य हुन नसकेका बेला भुकम्प पिडित बालबालिका तथा महिलाहरुलाई अावाश्यक लत्ता कपडाहरु वितरणको लागि समेत सहयोग जुटाउने उदेश्य राख्दै फोरमले यस वर्ष तीज बिशेष कार्येक्रम गर्न लागेको छ।

कार्येक्रमबाट बचत रकम तथा सहयोग स्वरुप उठ्ने रकम संकलन गरी महिला फोरम आईसीसी मार्फत नेपालमा भुकम्प पिडित बालबालिका तथा महिलाहरुलाई लत्ता कपडाहरु वितरण गर्ने जनाएको छ ।

२ सेप्टेम्बर को दिनमा स्पेनको बार्शिलोनामा आयोजना गर्न लागिएको कार्येक्रममा नेपाली तीज सम्बन्धी गीत संगितमा नाच्ने नेपाली साडी चोलोमा सजिएर दर समेत खाने प्रबन्ध मिलाईएको महिला फोरम संयोजक सिता सिंह महर्जनले जानकारी दिईन्। उनले नयाँ कार्येसमितिको पहिलो कार्येक्रम समेत रहेकोले भेटघाट,चिनजान, सरसल्लाह र महिलालाई परेको समस्या आफु भित्रैबाट समाधान गर्ने वातावरण सृजना गर्ने अवसरको रुपमा पनि कार्यक्रमलाई लिन अनुरोध गरेकी छिन्।

नेपाली संस्कृतिको सम्मान गर्दै मनोरन्जनमा सरिक भएर सामाजिक क्षेत्रमा समेत हातेमालो गरी ज्ञान र सुझाबको अादान प्रदान गर्दै प्रगतिको खोजीमा हिड्ने नेपाली महिलाहरु संसारको जुन सुकै कुनामा रहे पनि महिला माथि हुने असमानता, उत्पीडन र हिँसाको विरुद्ध सशक्त आवाज उठाई लैंगिक विभेद र हकको सुरक्षा गर्नका लागि आफ्नो ठाउँबाट थप बल पु-याउने किसिमका बिषयमा के कसरि अगाढी बढ्न सकिन्छ भन्ने बिषयमा समेत फोरुमले बहस गर्ने बताईएको छ।

कार्येक्रम बारे जानकारी :
मिति : २ सेप्टेम्बर ,०१५ बुधबार
स्थान  : Arc de triomf ,park de cuitadela Metro L1
समय :दिनको २ बजे देखि सॉझ ८ बजे सम्म
प्रबेश : महिलाहरुको लागी मात्र