एनआरएन युकेको अध्यक्षका लागि चार जनाको उम्मेद्वारी दर्ता


लन्डन । गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद यूकेको अगामी महिना हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । मुछेत्र गुरुङ्, हिराधन राई, योग कुमार फगामी, विश्वासदीप लिम्बुको उम्मेदवारी गरि चार जनाको उम्मेद्वारी परेको हो ।

त्यस्तै आईसिसिका ३ सदस्यका लागि कृष्ण तिमिल्सिना सुष्मा राई, पशुपति भण्डारी र संगीता मरहठ्ठा गरि चार जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै उपाध्यक्षको दुई पदका लागि बुद्धिराम थापा, ललित न्यौपाने, सनत गुरुङ, अर्जुन कटवाल, दासुराम पाण्डे छन । यस्तै १ जना महिला उपाध्यक्षमा कुमारी गुरुङ र शान्ति थापा कुँवर मगर छन् ।

महासचिवमा खुशिमान लिम्बु र विजय विक्रम लिङदेन छन । सचिवमा कृष्ण तिवारी निर्विरोध भए । कोषाध्यक्षमा सुर्य तामाङ र दिपक श्रेष्ठको उम्मेदवारी परेको छ। युवा संयोजकमा हरी आचार्य मात्रको उम्मेदवारी परेको छ ।

महिला संयोजकमा शुशिला राई निर्विरोध भइन् । यस्तै ९ सदस्यहरूमा सुरज मास्के, कप्रसाद छन्त्याल, पदम बिर्ख रावल, नारायण पौडेल गाउँले, यमबहादुर घले, शालिकराम सापकोटा, राजेश पाठक, डा मीन रानाभाट र मिलन गुरूङ निर्विरोध निर्वाचित भए ।