एन आर एन ए डेनमार्कको अध्यक्षमा दिपेन्द्र चुडाल


आइ सी सीमा प्रविन प्रजापती निर्वाचित

कोपनहेगन । एन आर एन ए  डेनमार्कको हालै सम्पन्न तेस्रो अधिवेशनबाट आफना प्रतिद्धन्दीलाई मतदान प्रक्रियाबाट हराउंदै दिपेन्द्र चुडाल अध्यक्षमा निर्वाचित भएका हुन । पेशाले रेस्टुरेन्ट व्यवसायी चुडाल डेनमार्कमा विगत १५ वर्षदेखि बसोवास गर्दै आएका व्यक्ती हुन् ।

Screen Shot 2015-08-15 at 00.49.01

एन आर एन ए डेनमार्कको संस्थापक उपाध्यक्ष भैसकेका चुडाल विभिन्न संस्थामा आवद्ध भएर अनुभव बटुली सकेका व्यक्ती मानिन्छन । सन् २००९  मा एन आर एन डेनमार्कको स्थापनाको बखत आयोजीत भेलामा उपस्थित बहुमतको भिडले अध्यक्ष बन्नु पर्छ भनेर दवाव दिंदा समय अभाव भएकोले अध्यक्ष बन्न नसक्ने जानकारी दिएका चुडाल त्यतिबेला उपाध्यक्ष रहेर काम गरेका थिए ।

एन आर एन एमा आउनु भन्दा अगाडी नै विभिन्न संस्थामा काम गरेका चुडाल स्क्यांडेनेभियन हेल्प डेनमार्कको कार्यक्रम संयोजक, विधार्थीहरुको सस्थाका संस्थापक सदस्य एवं जनसम्पर्क समिति डेनमार्कका संस्थापक सदस्य समेत हुन् ।

उनले बताए अनुसार विगतमा पटक पटक साथीहरुले नेतृत्वमा आउन आग्रह गरेतापनि आंफुसंग समय अभाव र पारिवारीक कारणले गर्दा अगाडी आउन नसकेको बताए । उनले बताए अनुसार अहिले उनीसंग एन आर एनलाइ दिने समय छ र त्यहि कारण उम्मेदवारको रुपमा उनी आएको बताउंदै आएका छन् ।

डेनमार्कमा बिद्यार्थीको रुपमा आएका चुडाल डेनमार्कमा नेपाली बीच निकै चर्चित मानिन्छन । प्रष्ट बोल्ने र सबैसंग मिठो बोली बोल्ने चुडालको सवल पक्ष भनेकै यिनै हुन् । जनसम्पर्क समिति डेनमार्कको साथ् पाउनुको कारण पनि उनको उम्मेदवारी बलियो रहेको थियो ।

अब अगाडी बढ्नको लागि सबै पक्षको सल्लाहमा सबैलाई समेटेर आफु जाने पक्षमा रहेको उनले बताएका छन् । नेपाली समुदायको हितको लागि कोपनहेगनमा नेपाली कल्चर हाउसको स्थापना गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।

आइ सी सीमा प्रविन प्रजापती निर्वाचित
यस्तै आइ सी सीमा निर्वाचित प्रजापती पनि एन आर एन ए डेनमार्कको संस्थापक महासचिव हुन् । उनले पनि मतदानको प्रक्रियामा आफना प्रतिद्धन्दीलाई पराजित गरेका थिए । कोपनहेगनमा नेपाली पसल चलाएका प्रजापती विगत सात वर्षदेखि डेनमार्कमा रहेका छन् । उनले स्विडेनको लुंड विश्वविधालयबाट मास्टर्स अध्ययन पुरा गरेका हुन् ।

Screen Shot 2015-08-27 at 12.16.08

नेपाली समुदायमा राम्रो पहिचान बनाएका प्रजापती नेपाली समुदायमा हुने विविध कार्यक्रममा आयोजकलाई कार्यक्रमको प्रायोजन स्वरुप आर्थिक सहयोग गर्ने मध्यमा पर्दछन । उनले पनि नेपाली कल्चर हाउस स्थापना गर्नु आवश्यक देखिएको भन्दै यसको लागि आवश्यक समन्वय गरिने कुरा नेपालीनेपाली डट कमलाई बताए ।

अशिवेशनमा अध्यक्ष र आइसिसी सदस्य बाहेक कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए। उपाध्यक्षमा भुवन भट्ट र इश्वर शर्मा, महासचिवमा गोविन्द पौडेल, सचिवमा रमेश काफ्ले र कोषाध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन्। तेस्रो अधिवेशनले युवा प्रतिनिधिमा प्रशान्त बाँनिया र महिला प्रतिनिधिमा जमुनादेवी रिजाल कंडेल समेत चयन गरेको छ ।

यस्तै नयाँ कार्यसमितिका सदस्यहरुमा अशोक शर्मा, मनिशा सिंह कोइराला, किशोर प्रसाईं, कल्पना गौतम,बैकुन्ठ खनाल, प्रशान्त सापकोटा, नवराज भट्टराइ, रहेका छन्।