एन आर एन डेनमार्कको अध्यक्षमा पौडेलको उम्मेदवारी


कोपनहेगन । एन आर एन डेनमार्कको आगामी नेतृत्वको लागि प्रबाखर पौडेलले आँफुलाई स्वतन्त्र उम्मेदवारको रुपमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनलाई डेनमार्कमा प्रभात किरणका नामले पनि चिनिन्छ । उनी डेनमार्क डबलीका अभियान्ता पनि हुन् ।

Screen Shot 2015-08-08 at 00.52.41                                             प्रबाखर पौडेल ( प्रभात किरण )

कोपनहेगनको एक हलमा उनले व्यक्तिगत रुपमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । एन आर एनमा अनावश्यक राजनीति हावी हुने आरोप लगाउंदै उनले स्वतन्त्र उम्मेदवारको रुपमा आँफु रहेको दावी समेत गरे । आँफुलाई प्रश्तुत गर्दा अलि रुखो भाषा र शब्द प्रयोग गरेका उनले पहिलाका अध्यक्षहरुले नेपालीहरुको हितमा केहि नगरेको आरोप समेत लगाए ।

Screen Shot 2015-08-08 at 00.51.24
सो कार्यक्रममा अन्य सहभागीहरु पनि उपस्थित भएकोले उनले धेरै प्रश्नहरुको सामना पनि गरे । एक्लै प्रभाव पार्न खोजेको आरोप पनि धेरैले लगाए भने कतिपयले डेनमार्क डबलीमा छोडेर किन अध्यक्ष बन्न लागेको भनेर प्रस्नहरु पनि गरे । अरु उम्मेदवारहरु पनि अध्यक्षका आकांक्षी हुन सक्ने भए पनि आपसी सल्लाह बेगर यस्तो घोषणा गर्ने भनेर आरोप लगाउंदै उनलाई धेरै सहभागीहरुले प्रश्नहरु  सोधेका थिए ।

Screen Shot 2015-08-08 at 00.51.57
पौडेललाई सहभागीहरु मध्यका रमेश काफ्ले, शशि ढकाल, याम लाल सुवेदी, प्रभात खनाल,कृष्ण प्रसाद पौडेल, कमल राज शर्मा लगायत धेरै सहभागीहरुले प्रश्न गरेका थिए र उम्मेदवार पौडेलले ती प्रश्नहरुको उत्तर दिने प्रयत्न गरेका थिए ।

सहभागीहरु मध्यमा पुर्व अध्यक्ष मोहन राज मिश्रले निकै  यसअघिका अध्यक्षहरुले केहि गर्न नसकेको भन्ने कुराको खण्डन गर्दै धेरै काम भएका छन् तर अरुलाई गाली गरेर आँफु राम्रो हुन खोज्ने प्रवृत्तीले गर्दा समस्या बढेको बताए ।

Screen Shot 2015-08-08 at 00.52.21
तस्वीरहरु: नारायण नगरकोटी

उम्मेदवार घोषणा गरेका पौडेलले सहमती भएको खण्डमा गैर राजनीतिक व्यक्तिहरुको समिति बन्ने भएको खण्डमा आँफु सदस्य भएर पनि काम गर्न तयार भएको बताए ।

सो कार्यक्रममा उनी मात्र एक्लै तयारी गरेर आएर सहमतीको रटान लगाएको धेरैले तर्क रह्यो । सहमती भन्ने तर प्रश्तुत हुने यो तरिका नभएको आरोप लगाउंदै एकजना सहभागी भन्दै थिए ‘ आँफु मात्र सिङ्ग तिखो बनाएर अरुलाई हान्न खोज्ने तरिका अलि नसुहाएको जस्तो लाग्यो ” यी लगायत यस्ता धेरै आरोप पनि पौडेलले उक्त कार्यक्रममा खेपे ।

डेनमार्क डबली नामक अभियानबाट चर्चा कमाएका प्रबाखर पौडेल ( प्रभात किरण ) डेनमार्कबासी नेपाली बीच परिचित मानिन्छन । उनले उक्त डबली कार्यक्रम मार्फत सचेतना र सुचनामुलक, सार्वजनीक सुनुवाई तथा मनोरन्जनात्मक कार्यक्रमको थालनी गरेका थिए जुन कार्यक्रमहरु धेरैले मन पराएका पनि थिए ।

उनले सो कार्यक्रममा सहभागी सबैलाई आफुले गर्न सक्ने कामहरुको ‘घोषणा पत्र’ वितरण गरेका थिए ।

उनले बुँदागत रुपमा प्रश्तुत गरेको घोषणा पत्र जस्ताको तस्तै यहाँ छ ।

सर्वसम्मत कार्य समिती चयनका लागि सार्वजनिक आव्हान
एन आर एन ए डायस्पोराका नेपालीहरुको साझा संस्था वनाउने हाम्रो अभियान डेनमार्कवाट शुरु भएको हामी घोषणा गर्दछौ ।  वर्गिकरणका विभिन्न आधारमा वनेका र वन्न सक्ने गुट उपगुटको अन्तहोस् र सवै नेपालीहरुको साझा र छाता संस्था एन आर एन वनोस् भन्ने हामी चाहान्छौ । डायस्पोराका अरु संस्थाहरु भन्दा मर्यादित , विश्वासयोग्य र भर पर्ने सँस्थाको रुपमा स्थापित गर्दै एन आर एन प्रति वढ्दो निराशाको अन्त्य गर्न सवैलाई सर्वसम्मत समिती चयनका लागि सार्वजनिक आव्हान गर्द्छौ ।
प्रस्तावित हाम्रा मुल्य मान्यताहरु

स्वचालित संस्था : सामाजिक सँघ सँस्थाहरुसँगको  समन्वय र सहकार्यलाई मजवुद पार्ने तर अनावश्यक प्रभाव र दवावको अन्त्य गर्नेछ । एन आर एन आफैंमा स्वाधिन र स्वतन्त्र संस्थाको रहेको कुरा व्यवहारमै पुष्टी गर्नेछौ ।

 स्थानिय मुद्दालाई प्राथमिकता : “Think Globally Act Locally” भन्ने सिद्धान्तलाई हृदयंगम गर्दै  Denmark First को कार्यक्रम अघि सारेका छौ। एन आर एन ए विधानको परिधीमा रहन्छौ तर डेनमार्कका नेपालीहरुको हक हित र अधिकार हाम्रो प्राथमिकताको केन्द्रमा रहने छ ।

आर्थिक पारदर्शिता : एन आर एन डेनमार्कले गर्ने कार्यक्रमको  आर्थिक प्रतिवेदन कायक्रम सकिएको २ सप्तान्त पछि सार्वजनिक हुनेछ । प्रत्यक वर्ष वृस्तित प्रतिवेदन प्रस्तुत हुनेछ । ६ , ६ महिनामा सार्वजनिक सुनुवाई हुनेछ ।

प्रभावकारी कार्य योजना : हामी वार्षीक क्यालेन्डर अनुसार काम गर्नेछौ । २ वर्षमा हुन सक्ने र लामो समय लाग्न सक्ने कामहरुको विभाजन गरि प्राथमिकताको आधार तोकि काम सुरु गर्नेछौ।

सामुहिक नेतृत्व:  पोर्टफोलियो विवादका कारण हुने गरेको असहमति र अविस्वासको खाडलको अन्त्य गर्दै कार्यसमिती भित्र अघोषित पोर्टफोलियो कोल्याप्सको अवधारणा अनुसार काम गर्ने छौ । यसले “काम गर्ने हनुमान पगरी गुथ्ने ढेडू” प्रचलनको पनि अन्त्य हुनेछ ।

सदस्यता शुल्कको अन्त्य : एन आर एन को विधान बमोजिम सदस्य वन्न योग्य सवै डेनमार्क वासि नेपालीहरुलाई निशुल्क सदस्यता बनाईनेछ । सदस्यता शुल्क एन आए एन को मुख्य आयश्रोतको रुपमा वन्दै आएको लज्जास्पद परिपाटीको अन्त्य गरिने छ ।   चुनावी प्रक्रियामा नतिजा आफ्नो पक्षमा पार्न अर्काको सदस्यता शुल्क समेत  तिरिदिने वढ्दो प्रचलनले  सदस्यता शुल्कमा स्वाभिमान किन वेच हुने  संस्कार वढ्दै छ , सदस्यता शुल्कको अन्त्यले यो कुसंस्कारको अन्त्य हुनुको साथै पैसावालाको वोलवाला पनि समाजमा अन्त्य हुनेछ । र काम गर्छु भन्ने भिजिजनरी मान्छेले अवसर पाउने छ ।

प्राथमिकताका हाम्रा केही  कार्यक्रमहरु (पुर्ण विवरण र थप एजेन्डा हेर्न अर्को प्रति हेर्नु होला)

नेपाल हाउसको स्थापना :सकेसम्म छिटो एक वहुउदेश्यिय नेपाल हाउसको स्थापना गरिने छ । नेपालहाउस भित्र  बाजाघर, नेपाली पुस्तकालय, कार्यक्रम हल , एन आर एन कार्यलय, नर्डिक नेपाल अध्ययन केन्द्र रहने व्यवस्था मिलाईने छ ।

आपतकालीन आवास: नयाँ आउने  विद्यार्थीहरुको लागि लक्षित गरि आपतकालिन आवास व्यवस्था गर्न घर भाडामा लिने  र समस्यामा परेकाहरुलाई सहयोग गर्ने गरि व्यवस्था मिलाउन पहल शुरु गरिने छ ।

विशेष सेलको गठन: विध्यार्थी तथा ग्रिन कार्डहरुको  समस्या समाधानको लागि एन आर एन ए डेनमार्कले छुट्टै शेल गठन गरेर प्राथमिकताका साथ काम गर्नेछ ।

सामाजिक कोष संचालन: रकम संकलन भएर पनि संचालनमा आउन नसकेको सामाजिक कोष अभिलम्व संचालनमा ल्याउने छौ र कोष वृद्दीको लागि ईनकम जेनेटिंग गर्ने कार्यक्रमहरु अगाडि ल्याउने छौ।

नेपाली मिनि मार्केट :  नेपालीहरुकै लगानीमा कोअपरेटिभ को माध्यमवाट सुविधा सम्पन्न मिनि मार्केट खोल्नेवारे  सम्भावना अध्ययन गरि स्थापनाको प्रक्रिया शुरु गर्नेछौ ।
नेपाल प्रमोशन कार्यक्रम:  प्रत्यक वर्ष  नेपाली राजदुतावास सँग मिलेर  नेपाल प्रमोशनको भव्य कार्यक्रम गर्नेछौ

नर्डिक -नेपाल अध्ययन केन्द्र स्थापना : नर्डिक देशमा रहेका नेपाल विज्ञहरुको सहभागितामा नेपाल सम्वन्धी अध्ययन अनुसन्धान गर्ने एक प्राज्ञिक केन्द्रको स्थापनाको लागि काम शुरु गरिनेछ ।

“संस्कार युक्त नेपाली समाजको विकास , हावी भएका विकृती र विसंगतीहरुको निकास” भन्ने नाराका साथ मनले ईमान्दार र दिमागले समझदार साथीहरुको समुह यो जिम्वेवारी वोक्न तपाईहरुको साथ मागि रहेका छौ ।

अध्यक्षका प्रत्यासी :Parbakhar Poudel  (प्रभात किरण)