गायक शिबाकोटी, रगतको मसीले प्रेम कहाँनि लेख्दै


बार्सिलोना/
कलाकारहरु विदेश पलायन भएँ भनेर आलोचना भईरहेका बेला प्रबासमा रहेका कलाकारहरु भने आफ्नो क्षेत्रबाट नेपाली सांगितिक यात्रामा अनबरत लागि परेका छन्। युरोपमा रहेर पनि सक्रिय रुपमा गायन यात्रामा लागि परेका गायक हुन् तुलसी शिवाकोटी।

बिगत केहि बर्ष देखि स्पेनको बार्सिलोनामा बस्दै आएका गायक शिवाकोटीले पछिल्ला दिनहरुमा स्पेनबाट नै गीत रेकर्ड गर्दै प्रबासका दुख सुखलाई गीतमा उतार्ने कोशिस गरेका छन्। बिदेशमा नेपाली दाजुभाईहरु सँग मिलेर संयोजन गर्दै भिडियो समेत तयार गर्दै आएका शिबाकोटीको पहिलो गीतले निकै चर्चा कमायो।

मेरो गाउ मेरो ठाँउ,कस्तो भयो होला नेपाल मेरो गाँउ ,जन्म दिने बाबु आम जन्मिएको ठाँउ बोलको गीत युरोपमा मात्र हैन स्वदेशमा रहेका मिडियाहरुले समेत प्राथमिकता साथ स्थान दिएँ। उनै गायक शिवाकोटीले आफ्नो दोस्रो गीत रेकर्ड गराउँदै भिडियो समेत तयार गर्ने क्रममा रहेका छन्।

तिम्रो मेरो प्रेम कहानी रगतको मसीले लेख्दै छु
हरेक शब्द शब्द भित्र तिम्रो मायालु मुहार देख्दै छु।

कल्पना खरेलको रचनामा रहेको गीतमा निरज श्रेष्ठले संगीत दिएका हुन् भने गायक शिवाकोटीले स्वर दिएका छन्। गीतको भिडियोलाई भने साईप्रसमा छायाँङ्कन गरि सकिएको निर्माण पक्षले जनाएको छ।

साईप्रसबाट दिपेश भण्डारीले तयार गरेको भिडियोमा भण्डारीको अलवा सिप्रिला काईजरले अभिनय गरेका छन्। कोस्टासले खिचेको भिडियोको कन्सेप्ट र निर्देशन भने संजय बिक्रम शाहको रहेको छ। केहि दिन भित्रमा नै भिडियो सार्बजनिक गरिने भएको छ।

गीतको अडियो :-

तपाईको प्रतिक्रिया