३७ बर्षमा १ सय १६ पटक नेपाल पुगेका बिदेशीको जीवन कथा


वसन्त रानाभाट
बार्सिलोना/
देश छोडेर प्रबास आएका हामी नेपालीहरु बर्षमा एक पटक नेपाल फर्कदा धेरै ठुलो गर्ब गर्छौ। कतिपय २ बर्षमा एक पटक ,कति त पाँच वा दश बर्ष सम्म पनि घर नपुग्नेको कुनै कमि छैन प्रबासमा। कारण फरक फरक छन्,धेरै जसो नेपालीहरु अमेरिका,युरोप वा अन्य यस्तै मुलुकहरुमा बैधानिक रुपमा रहन पाउँने आधार नभए सम्म, लामो समय घर फर्केका हुँदैनन्।

कतिपय घर परिबारको साथमा नै बिदेशमा रहेकोले,वा ब्यापार ब्यबसाय, कामको मायाले पनि मातृ भूमिलाई चटक्कै बिर्सेकाहरु पनि प्रशस्तै भेटिन्छन्। बर्ष भरी करिब १ महिना कामबाट मिल्ने छुट्टि,नेपाल पुग्दा टिकट खर्च,किनमेल गर्न झन्झट भन्दै युरोप टुर गर्ने युरोपका नेपालीहरुको जमात पनि यहाँ बाक्लै भेटिन्छ।

नेपालीहरु विदेश आए पछि बिदेशी बन्न खोजे पनि स्पेनका एक नागरिक लुईस बेल्बिस भने नेपालीहरुलाई मात्र हैन संसारलाई नै चकित पार्दै १ सय १६ पटक सम्म नेपालको भ्रमण गरेका छन्। उनी ३७ बर्षको अवधिमा यति धेरै पटक नेपाल पुग्न सफल भएका हुन्।

गणितीय तथ्याङ्क हेर्दा पनि उनि बर्षको ३ पटक भन्दा बढी नेपाल पुगेको आँकडा आउँछ। बेल्बिसले नेपाल र नेपालीहरु प्रति कति माया र स्नेह कति धेरै गर्छन् भन्ने जवाफ उनको १ सय १६ पटकको यात्राले गतिलो सँग दिएको छ।

बेल्बिसको पहिलो नेपाल भ्रमण सन् १९७८

६२ बर्ष उमेरका स्पेनिस कातालान नागरिक बेल्बिसले सन् १९७८ मा पहिलो पटक नेपालको भ्रमण गरेका थिए। एक पटक नेपाल पुग्ने बित्तिकै उनले नेपालको प्राकृतिक बाताबरणले आँफुलाई मोहित पारेको बताउँछन्। यस्तै सन् १९८२, १९८८ र १९९३ मा बेल्बिस आँफू मात्र हैन स्पेन,न्युजिल्याण्ड,क्यानाडा र अष्ट्रियाका पर्यटकहरुसँग नेपाल घुमे ।

उनले आँफै समुहको लिडर बन्दै बिश्वको सर्बोच्च शिखर सगरमाथामा पनि पर्यटकहरु लिएर गएँ। बेल्बिस आँफु भने ७ हजार ५ सय मिटर उचाई सम्म मात्र पुगेको बताउँछन्। सगरमाथा आरोहण गर्दा बरपर फोहोर देखे पछि उनले सन् १९९३ बाट सगरमाथा सफाई अभियान शुरु गरेको समेत स्मरण गरे।

बिगत ३० बर्ष देखि नेपाली अबैतानिक बाणिज्य दूत

नेपाल ओहोर दोहोर गर्दै गर्दा बेल्बिसका थुप्रै नेपाली साथीहरु बन्दै गएँ। स्पेन र नेपालको बीच कुनै पनि किसिमको सम्बन्ध स्थापित नभएको बेला बेल्बिसलाई उनका नेपाली साथीहरुले नेपालको हितमा काम गर्न सल्लाह दिएँ। नेपालमा राजा बिरेन्द्र रहँदा तत्कालिन श्री ५ को सरकारले स्पेनमा नेपाली अबैतानिक बाणिज्य दूतको रुपमा काम गर्न बेल्बिसलाई कागाजपत्र उपलब्ध गराएको थियो।

unnamed-7

आखिर आफ्ना नेपाली साथीहरु कै सहयोग र सुझाबमा सन् १९८५ देखि बाणिज्य दूतको रुपमा काम शुरु गरेको बेल्बिस सुनाउँछन्। नेपाली समुदाय माँझ ३० बर्ष लामो सेबा गरिसकेका बेल्बिस अझै पनि बाणिज्य दूतको रुपमा नै कार्यरत छन्। उनले हजारौको संख्यामा स्पेन लगायत युरोपबाट पर्यटकहरु नेपाल भित्राउँन सहयोग पुर्याएका छन्।

सयौको संख्यामा स्पेनका नागरिकहरुले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उनीहरु नेपालका अन्य अग्ला हिमालहरु पनि सफलता पुर्बक चढेका छन्। गत जुन ६ तारिक सन् २०१४ मा एनआरएन स्पेनले नेपाल प्रबद्दन साँझ कार्यक्रम राखी हिमाल आरोहण गर्ने स्पेनिसहरुलाई सम्मान समेत गरेको थियो।

बेल्बिसका हरेक बाक्यमा नेपाली ठाँउ र नेपाली नाम

बेल्बिसको बिशेष अन्तरबार्ता लिन उनकै कार्यकक्षमा पुगेका अनलाईनकर्मीले नेपाल बारे कुनै पनि प्रश्न राख्दा बेल्बिसको उत्तरमा नेपाली नामहरु र नेपालका ठाँउहरु झुन्डिएको नै हुन्थ्यो। उनको जवाफमा बिगतका पलहरुलाई सम्झँदै,नेपाली साथीहरु नाम लिई हाल्थे।

कमै याद गरिने नेपालका कुना कन्दरामा ठाँउहरु पनि उनि कण्ठस्थ सुनाउँदै नेपालकै सम्झना गर्थे। नेपाली चाडबाड रितिरिवाजको बारेमा पनि प्रशस्त ज्ञान बटुलेका बेल्बिसलाई नेपाल बारे पूर्ण रुपमा जानकारी रहेको छ।

बेल्बिससँगको कुराकानीबाट सायदै कमै नेपालीहरुले, नेपाल बारे यति धेरै चासो राखेका छन् भन्ने भान हुन्छ। उनले  कुराकानी पछि आफ्नो जीवनका दशकौ पुराना तस्बिरहरु नेपाली मिडियाहरुमा नै पहिलो पटक उपलब्ध गराएका छन्।

भूकम्प पछि बेल्बिसको सहयोग

बैशाख १२ गते देशमा विनाशकारी भूकम्प गए पछि बेल्बिसको सक्रियता झनै बढ्यो। सार्बजनिक कार्यक्रमहरुमा बेल्बिस थुप्रै पटक रोएँ। कति पटक उनको बोल्दा बोल्दै गला अबरुद्द भयो। उनको बोली सुनेर नेपालीहरु त रोए नै स्पेनिसहरु पनि पटक पटक रोएँ। उनले गैर आबासीय नेपाली संघ स्पेन र यहाँ स्थित नेपाली संघ सस्थाहरु मिलेर रकम संकलन गर्दा खुलेर सहयोग गरे।

unnamed-6

बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा उनकै पहलमा नेपाल केन्द्रित महोत्सव सम्पन्न भयो। महोत्सवमा नेपाली पोशाक,भेषभूसाको नेपाली साँस्कृतिक पहिचान झल्कने गीत संगीतहरु प्रस्तुत गरिएको थियो। नेपाल अझै पनि पर्यटकलाई सुरक्षित छ भन्ने सन्देश महोत्सवमा सहभागी करिब ७ हजार पर्यटकहरु माँझ पुर्याउँन बेल्बिस सफल भएँ।

जीवन उतारार्थमा नेपाल बस्न चाहान्छु

लामो समय देखि नेपाल र नेपालीहरुको सहयोग गर्दै आएका बेल्बिस जीवन उतारार्थको पल नेपालमा नै गुजार्ने ईच्छा ब्यक्त गरेका छन्। तर उनको नेपाल सरकार प्रति गुनासो रहेको छ। सरकारले  १सय १६ पटक नेपाल पुगीसकेका र ३० बर्ष देखि नेपालीहरुको हितमा काम गर्दै आएका बेल्बिस र एक सामान्य पर्यटकमा कुनै अन्तर नदेखेकोमा उनको गुनासो हो।

नेपालमा रहनको लागि बिदेशीको हकमा नेपाल सरकारले एक पटकमा ५ महिना सम्म भिसा प्रदान गर्दै आएको छ। बेल्बिसलाई नेपाल बस्न सक्ने बिशेष ब्यबस्थाको पहल यस अघि पेरिस स्थित नेपाली दुताबासले गरेको थियो। तत्कालित फ्रान्सका लागि नेपाली राजदूत मोहोन कृष्ण श्रेष्ठ ले परराष्ट मन्त्रालयमा कुरा राखेका थिएँ तर केहिँ सुनुवाई भएँन।

बेल्बिसको  नेपाल सरकारलाई एउटै मात्र सन्देश छ, “नेपाल मेरो दोस्रो घर हो जति चाहे उतिनै बस्न पाउँ।”

unnamed-5unnamed-8