साईप्रसको कन्सर्टमा ८ सय युरो घाटा, कलाकार खर्च मात्र १० हजार युरो


– वसन्त रानाभाट/बार्सिलोना

भूकम्प पिडितहरुको सहयोगार्थ साईप्रसको लिमासोलमा सम्पन्न “सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्टबाट ८ सय ४५ युरो घाटा भएको छ। कन्सर्टमा बिक्रि भएका टिकट लगायत अन्य सहयोगबाट गरि १६ हजार ८ सय ५५ युरो संकलन भए पनि खर्च कम गर्न नसक्दा भूकम्प पिडितलाई रकम जुट्न नसकेको हो।

आयोजक नेपाली विद्यार्थी कल्याण संघ साईप्रसले सामाजिक संजाल फेसबुक मार्फत १७ हजार ७ सय युरो खर्च भएको बिबरण सार्बजनिक गरेको छ। कलाकार चार्ज लगायत हवाई टिकट,होटल र खानामा ठुलो रकम खर्च गरेको बिबरण संघले सार्बजनिक गरेको हो । आयोजकले लेखेको छ ,”हामी माफी माग्न चाहान्छौ,सोचे अनुसार रकम संकलन गर्न सकेनौ तर सक्दो कोशिस गरेका हौ।”

कलाकारको लागि मात्र १० हजार ३ सय युरो खर्च

भूकम्प पिडितको लागि भनेर कन्सर्ट आयोजना गरिएको भए पनि कलाकारहरुको लागि मात्र करिब १० हजार ३ सय युरो खर्च भएको आयोजकको बिबरणमा उल्लेख छ।

कलाकारहरुको लागि हवाई टिकट २ हजार ६ सय ५० युरो,कलाकार चार्ज ३ हजार युरो, होटल खर्च १ हजार ९ सय ५० युरो, खानाको लागि २ हजार ५ सय ५० युरो  र कलाकारको भिसा प्रक्रियामा १ सय ५० युरो खर्च भएको आयोजकले जनाएको छ।

Screen Shot 2015-07-06 at 10.33.16तस्बिर- आयोजकले फेसबुक मार्फत सार्बजनिक गरेको बिबरण

बिनाशकारी भूकम्पका पीडितहरुको सहयोगार्थ जुटेका कलाकारहरुको लागि चार्ज,होटल,खाना र हवाई टिकटमा बढी खर्च भए पछि, रकम जुट्न सकेन ।  हल भाडामा ३ हजार ५ सय युरो लगायत अन्य बिबिध शिर्षकमा खर्च भएको बिबरण आयोजकले सार्बजनिक गरेको छ।

कलाकारको चार्ज भन्दै ३ हजार युरो खर्च

कन्सर्ट सकिने बित्तिकै कलाकारहरुले पारिश्रमिक लिएको बारे बिबादस्पद समाचारहरु आए पनि खर्चको बिबरणमा कलाकार चार्ज ३ हजार युरो भनी छुट्टाईए पछि त्यसको पुष्टी भएको छ।

बिशेष सूचनाको आधारमा  केहि कलाकारहरुले पारिश्रमिक लिएको खबर यस अघि नै सार्बजनिक गरेको थियो। जसको प्रमाण स्वरूप सूचना सहितको अडियो रेकर्ड सुरक्षित छ।

तर समाचारको खण्डन गर्दै गायक हिमाल सागरले आँफुले पारिश्रमिक नलिएको दाबी गर्दै आएका छन्। यता राजु लामा फाउन्डेसन”नामक सस्थाबाट सांगीतिक टुरबाट उठेको रकम नेपालका भुकम्प पिडितहरुलाई सहयोग गर्दै युरोप हिडेको गायक राजु लामालाई उनकै फाउन्डेसनमा जाने गरि रकम दिएको आयोजक मध्येका समिर श्रेष्ठले यस अघि नै बताएका थिए।

सार्बजनिक रुपमा नै कलाकार चार्ज शिर्षकमा ३ हजार युरो खर्च बिबरण प्रस्तुत गरेको आयोजकले कुन कलाकारको कति चार्ज तिर्यो त्यो बारे केहि खुलाएको छैन। नेपाली विद्यार्थी कल्याण संघ साईप्रसले कार्यक्रमको आयोजना भूकम्प जानु भन्दा नै अगाडी तय गरेको थियो। देशमा विनाशकारी भूकम्प गए पछि ‘सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्टको” नामले कार्यक्रम परिमार्जित गरिएको हो ।

भूकम्प पिडितको नाम तर शुन्य काम

बिदेशमा रहेका नेपालीहरुले भूकम्प पिडित सहयोगार्थ भन्दै थुप्रै कार्यक्रमहरु गर्दै आएका छन्। तर कार्यक्रमहरुमा रकम धेरै संकलन भए पनि खर्च बढी हुँदा बचत भने शुन्य जस्तै देखिएको छ। कतिपय मुलुकहरुमा बचत भएको रकम पनि समयमा नै बास्तबिक भूकम्प पिडितहरु समक्ष पुग्न सकिरहेको छैन।

साईप्रसको लिमासोलमा सम्पन्न कन्सर्टमा ख्याती प्राप्त कलाकारहरु महानायक राजेश हमाल,गायक राजु लामा,हिमाल सागर,तुलसी शिवाकोटी लगायतको सहभागिता सँगै,साँगितिक रुपका कार्यक्रम भब्य रुपमा सफल भयो। तर तिनै कलाकारहरुको लागि करिब ११ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम खर्च हुँदा भूकम्प पिडितलाई भने एक रुपैयाँ रकम जुटेन।

पिडितका लागि भनेर नाम जोडिएका कार्यक्रमहरु मनोरन्जनात्मक रुपमा मात्र सफल हुनु उपलब्धि होईन,दुखेको घाउँमा मल्लाह लगाउँनको लागि बचतमा पनि ध्यान दिन नसक्नु आयोजकको कमजोरी हो।

भूकम्प सँग नाम जोडेर हुने यस्ता कार्यक्रमहरुबाट सहयोग नजुट्नु कलाकारहरुको आफ्नो प्रतिष्ठा सँग जोडिएको बिषय हुने हुँदा कार्यक्रम छनोटमा ध्यान दिनु पर्ने देखिन्छ।

11539665_1421139204881499_7985052731279910005_n 11709612_1421139531548133_5807818946347197367_n