स्पेनको ग्रान कनारियामा च्यारिटी कार्यक्रम सम्पन्न


बार्सिलोना/
गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको क्षेत्रीय समिति ग्रान कनारियाको सहभागितामा भूकम्प पिडित सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ।

 कम्युनिदाद दे नेपाल “मिलनकेन्द्रको” आयोजनामा जुन १७ तारिक लास पाल्मामा च्यारिटी कार्यक्रम सम्पन्न भएको हो ।

भूकम्प पिडित राहत कोष संकलनको लागि गरिएको उक्त कार्यक्रममा स्पेनिस समुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता जावियर सान्चेज मोलिनोले गरेका थिए। स्थानीय कलाकारहरुले नेपाली सस्कृति झल्कने बिभिन्न नृत्यहरु पनि प्रस्तुत गरे ।

च्यारिटी कार्यक्रमबाट उठेको रकम सहित पछिल्लो पटक क्षेत्रीय समिति ग्रान कनारियाले ५ हजार ८ सय ७८ युरो भूकम्प पिडित राहात कोषको खातामा जम्मा गरेको गगन कुबरले जानकारी दिएँ। 11659125_856316951071981_196787412_oसमितिले यस अघि पठाई सकेको रकम ७ हजार ४ सय ६० युरो गरि अहिले सम्म गरि १३ हजार ३ सय ३८ युरो संकलन गरिसकेको छ। एनआरएनए स्पेन लगायत संघसस्थाहरुले सहयोग जुटाउँदै हाल सम्म १ लाख युरो संकलन गरिसकेका छन्।