जनप्रगतिशील मञ्च स्पेनमा एकताको नेतृत्व कसले गर्ला ?


समाचार/बिश्लेषण

नेपालमा अझै पनि पाचौ टुक्रामा विभाजित माओबादी पार्टीहरु भए पनि स्पेनमा भने जन प्रगतिशील विचार धारा भएका हरुको एउटै संगठन भन्दै एकताको महाधिबेशन हुँदैछ।

आगामी जुन २८ तारिक जन प्रगतिशील मञ्च स्पेनको पहिलो अधिबेशन ७ बर्ष पछि बार्सिलोनामा हुदैछ। मञ्चको अधिबेशन हुन नसके पनि बेला बेलामा पुनर्गठन भने हुँदै आएको थियो।

यो सिङ्गो पार्टीमा आएको फुटका कारण यता परेको असर हो। सन् २००८ मा ईश्वर शर्माको अध्यक्षतामा स्पेनमा गठित मञ्च सन् २०१२ मा फेरि महेश्वर कडेलको अध्यक्षतामा अर्कै मञ्च बनेको थियो। तत्कालिन अबस्थामा प्रचण्ड र बैद्य पक्ष भए पनि अहिले भने फरक फरक विचार धारा पाईन्छ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा साम्यवादी नेता लेनिनको १४५ औं जन्म जयन्तीको अवसर पार्दै स्पेनका रहेका प्रगतिशील विचार धारा राख्ने हरुलाई एउटै मालामा उन्ने भन्दै एकताको घोषणा गरियो। जसको मूर्त रुप एकताको पहिलो अधिबेशनले दिने भएको छ।

अब बन्ने मञ्चमा प्रचण्ड,बैद्य,विप्लव बिचार धार मात्र होईन सबै प्रगतिशील विचारधाराहरुलाई उन्दै एकताको सन्देश दिने दावी गरेका छन्।

एकताको नेतृत्व कसले गर्ला ?

संस्थापक अध्यक्ष तथा अधिबेशन मूल आयोजक समितिका संयोजक ईश्वर शर्मा आँफु नेतृत्व हस्तान्तरण गर्न तयार भएको बताएका छन्। तर उनले यसो पनि भनेका छन् तथापि यसको टुङ्गो अधिबेशनले नै लगाउने छ।

यस्तै सन् २०१२ पछि एकिकृत माओबादी बिचार धारा बोकेको मञ्चलाई नेतृत्व गर्दै आएका महेश्वर कडेलले मिलेर जान सके आँफु पछि हट्ने बताएका छन्। यदी निर्बाचनमा जाने सम्भावना रह्यो भने आफ्नो अध्यक्षमा दावा यथाबत रहने बताएका छन्। तर एकजनामा सहमतिको बाताबरण बने आँफु अध्यक्षको दाबेदार नरहेको पनि खुलासा गरे।

मञ्चको अध्यक्षका लागि गोपाल रेग्मी,गंगा भुषाल र रमेश आशिकी पौडेलले दावी गरिरहेका छन्। रेग्मी सन् २००८ देखिबाट र भुषाल सन् २०१२ मा टुक्रिए पछिवाट मञ्चको महासचिवमा रही काम गर्दै आएका छन्। यस्तै पौडेल मञ्चका उपाध्यक्ष हुन्।

मुख्य दाबेदार भुषाल र रेग्मी

मञ्चको एकता पछिको नेतृत्वको लागि धेरैको दाबा रहे पनि मुख्यता भुषाल र रेग्मी नै मुख्य प्रतिस्पर्धी रहेको बुझिएको छ। गोर्खा नगरपालिका बिरेनचोक- ९ स्थायी घर भएका रेग्मी यस अघि एनआरएनए स्पेनको उपाध्यक्षमा रही काम गरिसकेका छन्।

स्पेनको समाजलाई परिबर्तन गर्नु आबश्यक छ,रेग्मी भन्छन्”समाज सेवाको अर्थ बास्तबिक रुपमा देखाउनु पर्ने छ र समाजलाई सफा बनाउनु छ। ” यसको लागि पनि उनि नेतृत्वमा रहेर काम गर्न ईच्छुक भएको बताउछन्।

यस्तै पर्बत टकलाक गाबिस ८ सिंगारकोष स्थायी घर भएका भुषाल संगठनले सक्षम ठानेमा आँफु नेतृत्व लिन तयार रहेको बताएका छन्। उनले भने “मैलिएको समाज धुनको लागि पत्रकार मित्रहरुलाई साबुन बनाएर संगठनलाई पानीको रुपमा प्रयोग गर्दै,सफा गर्ने मेरो अभियान छ।”स्पेनमा रहेका संघ सस्थाहरु सँग सहकार्य गर्दै आगाडि बढ्दै जाने बताउँदै उनले संगठनलाई चुस्त दुरुस्त बनाउँनेमा जोड दिए।

उपाध्यक्ष र महासचिबका दाबेदार को त ?

स्रोतका अनुसार मञ्चको उपाध्यक्षमा रही काम गर्न कृष्ण हरी कडेल,बिबेक सापकोटा,उमेश पुरी ईच्छुक देखिएका छन्। यस्तै अध्यक्षको दावाबाट पछि हटेर आउँनेलाई पनि उपाध्यक्षको सम्भावनाको रुपमा हेरिएको छ।

यता महासचिबको लागि अर्जुन आर्चाय र बिशाल ढुंगानाले दाबी गरेका छन्। आचार्य एनआरएनए स्पेनको बर्तमान कार्यसमितिका उपाध्यक्ष समेत हुन्।

निर्बाचनको संभाबना न्यून

मञ्चको एकताको महाधिबेशन भएकोले पनि निर्बाचनको सम्भावना न्यून रहेको बताईएको छ। नेपालीनेपाली डटकमले छुट्टा छुट्टै रुपमा मञ्चका शुभचिन्तकहरु सँग गरेको बिशेष कुराकानीमा पनि सर्वसम्मत हुने बलियो सम्भाबना रहेको छ।

एनआरएनए अधिबेशन नजिकै आएको हुनाले पनि मञ्चको नेतृत्वबाट पछि हटेकाहरुलाई एनआरएनमा उमेद्दारी दिदै समर्थन गर्ने रणनीति रहेको बुझिएको छ। जसले गर्दा जिम्मेबारी बाँड्न सजिलो हुने अनुमान छ।