फिफा अध्यक्ष सेप ब्लाटरद्वारा राजिनामा


लन्डन- फिफा अध्यक्ष सेप ब्लाटरले आफ्नो पदबाट राजिनामा दिएका छन् । १७ वर्षदेखि भ्रस्टाचार प्रकरणमा विवादित बनेका उनले पाँचौं पटक निर्वाचित भएको एक सातापछि यस्तो घोषणा गरेका हुन्।

उनले फिफाको केन्द्रिय कार्यालयबाट आफ्नो राजिनामाको घोषणा गरेका हुन्।   ७९ वर्षे ब्लाटरको राजिनामापछि फिफा कंग्रेसले छिटै नयाँ अध्यक्ष छनौट गर्नेछ।

निर्वाचन सम्पन्न नभएसम्म भने ब्लाटरले नै अध्यक्ष पद सम्हाल्ने छन्।  ‘फिफा सदस्यहरुले मलाई नयाँ मतादेश दिए पनि त्यसले विश्वभरिबाट समर्थन पाउन सकेन’, उनले भनेका छन्, ‘त्यसैले नयाँ अध्यक्ष चयन गर्न म छिटै एक्स्ट्राअर्डिनरी कंग्रेस बोलाउँदैछु।’