रोमानिया सरकारले नेपाललाई ५० हजार डलरको आपतकालीन मानवीय सहायता गर्ने


रोमानिया/ हालै रोमानियाली सरकारले नेंपालका भूकम्प पीडितका लागि पचास हजार अमेरिकी डलर आपतकालीन मानवीय सहयोग गर्ने निर्णय गरेको छ। नेपालमा अप्रत्यासीत रुपमा आएको भूकम्पबाट पीडित भएका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले यो रकम नेपाल सरकारलाई पठाईने कुरा रोमानियाली सरकारका कार्यकारी प्रबक्ता कोर्नेलिउ कालोतले हालै बताउनु भएको छ।

रोमानिया सरकारका तर्फबाट उहाँले विनासकारी भूकम्पमा परी ज्यान गुमाएका प्रति समवेदना र प्रभावित भएकाप्रति सहानुभूति व्यक्त गर्नु भएको छ। यो रकम रोमानियाली सरकारको आपतकालीन मानवीय सहयोग कोषबाट उपलब्ध गराईने कुरा पनि उहाँले बताउनुभयो।

रोमानिया सरकारले गरेको यस निर्णयलाई हार्दिक स्वागत गर्नु हुदै गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद रोमानियाका अध्यक्ष नवराज पोखरेलले सरकारका कार्यकारी प्रबक्ता कोर्नेलिउ कालोत मार्फत रोमानिया सरकार प्रति धन्यवाद ज्ञापन गर्नु भएको छ।

भूकम्प पीडितकालागि सहयोग गर्ने यस निर्णयका लागि नेपाली राजदूताबास मस्को र गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद रोमानियाले रोमानियाली सरकारप्रति ठूलो प्रभाव पारेको थियो।

यसका साथ साथै भूकम्प पीडितका लागि प्राप्त भएको सो रकम जति सक्दो चाडो नेपाल पु-याउने पहल भईरहेको गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद रोमानियले जनाएको छ ।