नेपाल स्पेन समाजले भूकम्प पीडितका लागि करिब १० हजार युरो जुटायो


-प्रकाश तिवारी
कोस्टाब्लान्का/
नेपाल स्पेन समाज कोस्टाब्लान्काले भुकम्प पीडितका लागि ९ हजार ८ सय ३५ यूरो ५० सेन्ट (करिब ११ लाख नेपाली रुपैंया संकलन गरि एनआरएन स्पेनको संयोजकत्वमा संचालित ‘महाभुकम्प पिडीत राहतकोष २०७२’ पठाएको छ।

संकलित ५ हजार १ सय ७९ युरो पहिलो चरणको राहत बमोजिम केहि समय अगाडी पठाएको नेपाल स्पेन समाजले आफ्नो दोश्रो चरणमा संकलित राहत रकम ३ हजार ६ सय २३ यूरो ५० सेन्ट बिहिबार महाभूकम्प पिडित राहत कोष स्पेनकोको बैंक खातामा जम्मा गरेको छ।

स्पेनस्थित विभिन्न राजनीतिक, क्षेत्रीय, जातीय संघसस्थाहरुको सहभागिता तथा एनआरएनए स्पेनको नेतृत्वमा स्थापना भएको “महाभूकम्प पिडित राहत कोष २०७२” अन्तर्गत नेपालका भूकम्प पिडितहरुलाई राहत संकलन अभियान तिब्र परिएको थियो।

महाभुकम्प पिडित राहत कोषमा मात्र करिब ११ लाख नेपाली रुपैंया जम्मा गराउन सफल भएको समाजले आफ्नो पहलमा बेनिडर्म नगरपालिकाद्वारा ६ हजार युरो युनिसेफ मार्फत नेपाल पठाउन सफल भएको थियो।

समाजले आफ्नो अभियान अन्तर्गत पहिलो चरणमा कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली तथा केहि बिदेशी नागरिकहरुका तर्फ बाट नामावली सहित ५ हजार १ सय ७९ युरो उठाएको थियो भने दोश्रो चरणमा १ हजार ९ सय ७३ युरो संकलन गरेको थियो।

त्यसैगरी समाजद्वारा बेनिडर्म तथा आल्तियामा संचालित खुल्ला राहत डेस्क तथा टिशर्ट बिक्रिबाट गरि १ हजार ६ सय ५० युरो ५० सेन्ट संकलन भएको थियो भने बेनिडर्म स्थित एउटा बिद्यालयबाट १ हजार ३३ युरो सहयोग गरेका थिए।

बेनिडर्म स्थित नेपाली बिधार्थिहरु अध्ययन गर्ने स्कुलबाट विभिन्न कार्यक्रम आयोजना गरि संकलन गरिएको १ हजार ३३ युरो, नगद हस्तान्तरण गर्न नमिल्ने जनाउँदै एनआरएनए स्पेनको राहत खातामा पठाईएको जनाएका थिए ।

यस बारे राहत कोषका संयोजक तथा एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीलाई सम्पर्क गर्दा उक्त स्कुल बाट पठाएको रकम आफुहरुलाई प्राप्त भएको बताएका छन्।

आर्थिक मन्दीबाट गुज्रीरहेको स्पेन जस्तो देशमा बस्ने नेपालीहरुको पहलमा करिब १ करोड सहयोग रकम उठाउन सफल भएका छन्।