मृगौला पीडित परियारलाई नमस्तेको सहयोग


राजाराम पौडेल/पोखरा ।
पोखरा ११ रानीपौवा निवासी मृगौला पीडित सुवास परियारलाई नमस्ते नेपाल हातेमालो सहयोगी संस्थाले सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष हिमाल शर्मा र सदस्य गणेश जिसिले ५० हजार पाँच रुपैयाँ पीडित परियारलाई हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारीमा विदेश गएर कुक सम्बन्धि काम गर्दै आफ्नो परिवार पाल्दै आएका उनी विगत पाँच महिनादेखि उपचाररत छन् । झण्डै दुई महिना विदेशमै उपचार गरेका उनी कक्षा १२ को परिक्षा दिएर बसेको बेला विदेश हानिएका थिए । हाल पोखराको मणीपाल शिक्षण अस्पतालमा हप्तामा दुईपटक इायलोसिस गराइरहेका छन् । आम्दानीको स्रोत सिलाइ बुनाइ मात्र रहेकोले नियमित डायलोसिस गर्न र जिविकोपार्जन गर्न उनलाई समस्या परेको छ । परियारको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले रकम प्रदान गरेको नमस्ते नेपाल हातेमालो सहयोगी संस्थाका सदस्य गणेश जिसिले बताए । दुवै मृगौलाले काम गर्न छोडेपछि आर्थीक अभावमा जीवन मृत्युको दोसाधमा बाचिरहेका उनलाई बचाउनका लागि सुवास परियार बचाउ अभियान सञ्चालन गरी सहयोग संकलन समेत गर्दै आएको छ ।