काम नगरेको भन्दै सरकारले अधिकृतलाई हटायो ।


काठमाडौ । भूकम्पपछिको उद्दार, राहतलगायतका काममा ‘पदीय जिम्मेवारी’ अनुसार काम गर्न नसकेको भन्दै सरकारले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारलाई हटाएको छ  उनलाई अतिरिक्त समूहमा सरुवा गरिएको हो ।

तण्डुकार यसअघि पनि विवादित थिए । काठमाडौ महानगरपालिकामा गैर कानुनी रुपमा नक्सा पास गरी घर निर्माण भैरहंदा आँखा चिम्लेका थिए । त्यस सम्बन्धी कसैले उजुरी गरे पनि सुनो नसुनो गरी बसेका उनलाई सरकारले चेतावनी दिंदा पनि टेरेका थिएनन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक अधिकृतका अनुसार, भूकम्पलगत्तै खुला ठाँउमा बसेका काठमाडौंबासीलाई तत्काल आधारभूत व्यवस्थापन गर्ने निर्देशन पाए पनि तण्डुकारले आफ्नो भूमिका निर्वाह गर्न सकेनन् । अस्थायी शिविरको व्यवस्थापन, सरसफाई लगायतमा पनि काम गर्न नसकेपछि उनलाई यसअघि नै हटाउने तयारी थियो ।

उनको सट्टामा कसलाई पठाउने भन्नेबारे निर्णय भएको छैन । निज तण्डुकार उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको प्रिय रहेको र उनकै ‘इन्ट्रेस्ट’ मा महानगरपालिका सरुवा गरिएको थियो ।