युवा स्वयंसेवकहरुले २० विद्यालयमा ५८ राहत कक्षा बनाए


– सन्देश श्रेष्ठ
पोखरा । युवा स्वयंम सेवकहरुले भूकम्पले भत्किएका विद्यालयहरुमा ५८ वटा अस्थायी राहत कक्षा बनाएका छन् । वैशाख १२ गतेको विनाशकारी भूकम्पले कास्कीका स्कुलहरु समेत भत्काएपछि ‘विपद व्यावस्थापनमा युवा, पुनर्निर्माणका लागि स्वयंमसेवा’ अभियान सुरु गरेका थिए ।

अभियान अन्तरगत २० वटा स्कुलमा मा ५८ वटा अस्थायी राहत कक्षा बनाइएको युवा स्वयम्सेवा समन्वय उपसमिति कास्कीका संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । शनिबार मात्र ७ विद्यालयका २५ वटा अस्थायी राहत कक्षा कोठा निर्माण गरिएको थियो ।

अस्थायी राहत कक्षा कोठा निर्माण गर्न नेपाल रेडक्रस सोसाईटी कास्कीले त्रिपाल उपलब्ध गराएको थियो । फेवा फाईनान्सले २ लाख ५१ हजार १ सय ५१ मुल्य बराबरको चित्रा, बाबा फाउण्डेसनले सिमेन्ट र ब्लक तथा जिल्ला टेनिस संघले सुकेको बाँस उपलब्ध गराएको थियो ।

यस्तै निर्माण व्यवसायी समितिले दक्ष जनशक्ति र पोखरा हार्डवेयर एशोसियसनले हार्डवेयर सामाग्री उपलब्ध गराएको छ ।