नेपाली अक्षरका जर्सी लगाएर भ्यालेन्सियाका खेलाडी मैदानमा


 -बसन्त रानाभाट

बार्सिलोना/ स्पेनीस ला-लिगा अन्तर्गतका फुटबल क्लबहरुले नेपालका भूकम्प पिडितहरुलाई सहयोग र समर्थनको सन्देश दिईरहेका बेला भ्यालेन्सियाले आफ्ना खेलाडीहरुलाई नेपाली अक्षरमा नाम लेखिएका जर्सी लगाएर मैदानमा उतारेको छ । क्लबले खेलाडीहरुले लगाएका टिसर्ट बिक्रीबाट रकम संकलन गरि नेपाल पठाउने उदेश्य अनुरुप मैदानमा उतारेको हो।

क्लबका अनुसार अन्तर्राष्ट्रिय रेडक्रसबाट टिसर्टको बिक्रीबाट उठेको रकम नेपालका भूकम्प पीडितहरुलाई पठाईने भएको छ। नेपाली अक्षरमा लेखिएका खेलाडीहरुका जर्सीहरु लिलामीमा राखिने भएको हो।

आइतबार लालिगाको अन्तिम दोस्रो खेल घरेलु मैदानमा सेल्टा भिगो विरुद्धको खेलेको थियो। खेल १- १ को बराबरीमा सकिएको थियो।

टेबलको चोथौ स्थानमा रहेको भ्यालेन्सियाले आफ्ना खेलाडीहरुको जर्सीमा नेपाली अक्षर प्रयोग गर्दै समर्थन गरे पछि अहिले सामजिक संजालहरुमा तस्बिरहरु बढी मात्रमा सेयर र लाईक भएका छन्। बिश्व प्रसिद्द फुटबल खेलाडीहरुले खेल खेल्ने ला-लिगा अन्तर्गतका क्लबहरुले नेपालका भूकम्प पीडितहरुको सहयोगका लागि खुलेर समर्थन गरेका छन्।

करिब १० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको स्पेनमा नेपालमा परेको बिपत्तिमा यहाँबाट क्लब र खेलाडीहरुले बिभिन्न तरिकाबाट सहयोग र समर्थन गर्दा आँफुहरुलाई केहि शान्त्वना मिलेको महशुस गरेका छन्।

नेपाली राजदुताबास समेत नभएको स्पेनमा यहाँको सरकारले भूकम्प पीडितहरुको बारेमा आधिकारिक रुपमा कुनै सहयोगको घोषणा नगरे पनि प्रान्तीय सरकार कातोलोनियाले यस अघि ५० हजार युरो सहयोग घोषणा गरेको थियो।

11267446_968351436532350_1400183342_n

11292944_968351406532353_1282481011_n