गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारीता पुरस्कार सिग्देललाई


राजाराम पौडेल/ पोखरा ।

स्वं.गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारीता पुरस्कार–२०७२ आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख सम्वाददाता युवा पत्रकार नविन सिग्देललाई प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखा द्धारा सञ्चालित तथा स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारजनद्धारा स्थापित उक्त पुरस्कार शनिबार एक कार्यक्रमका विच प्रदान गरिएको हो ।
पुरस्कारको राशी नगद २५ हजार र ताम्रा पत्र रहेको छ। महासंघ कास्कीद्धारा गठित प्रतिभा छनोट समितिले सिग्देललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
२०५६ सालमा आफ्नै प्रयासमा हाम्रो जमर्को मासिक र प्राकृत पोखरा साप्ताहिक पत्रिका प्रकाशित गरि हाल सम्म पत्रकारी पेशामा निरन्तर लागि रहेका छन् ।
सम्मानित व्यक्तित्व सिग्देलले जिल्ला देखि केन्द्र सम्म धेरै मिडियामा काम गरि सेकेका छन् । सिग्देल राष्ट्रिय समाचार समितिबाट उत्कृष्ट आलेख पुरस्कार, अपराध अन्नवेषण पत्रकारीता पुरस्कार, जिल्ला विकास समिति कास्कीबाट उत्कृष्ट पत्रकारिता पुरस्कार साथै दर्जन वढि संघ संस्थाबाट सम्मानित भईसकेका छन् ।
सम्मानित व्यक्तित्व सिग्देललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद् धनराज गुरुङ, नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापा, प्रेस काउन्सिलका सदस्य माधव शर्मा, स्व.गजेन्द्र भण्डारीकी श्रीमती सरस्वती भण्डारी र पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञावलीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद् धनराज गुरुङले यो राष्ट्रिय विपतको वेला पुननिर्माणमा नेपाली नै लाग्नु पर्ने बताएका छन् ।
राष्ट्रिय विपद्को वेला नेपालीले माग्ने होईन पुननिर्माणमा जुट्नु पर्ने बेला आएको छ उनले भने–नेपालीहरु माग्ने परम्पराबाट टाढै रहनु पर्दछ ।
सभासद् नै त्रिपाल लिन लाईन वसेको सुन्दा आफु लज्जीत वनेको बताउदै उनले यो विपद्मा सभासद् आफ्नो क्षेत्रमा खटिनु पर्नेमा जोड दिए ।
उनले सम्मानित व्यक्तित्व वहुआयमिक भएको बताए । सिग्देलले पत्रकारीत र राजनितिलाई सग सगै लिएर जानुभएको छ यो उहाँको वहुआयामिक क्षमता हो उनले भने– उहाँको प्रतिभा अझै उजागर गर्न यो पुरस्कार कोषेढुड्डा सावित हुने छ।
पुरस्कारले स्मरण गर्ने र प्रोत्साहन गर्ने दुवै काम गरेको बताउदै पुरस्कार स्थापना गर्ने परिवारजन प्रति आभार प्रकट गरे ।
नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापाले नविन सिग्देल पोखराका पुराना पत्रकार जगन्नाथ सिग्देलको उत्तराधिकारी वन्नु पर्ने बताए ।
उनले स्वं. भण्डारी निडर स्वभावको भएको बताउदै सम्मानित व्यक्तिले पनि त्यो सिको गर्नु पर्ने स्पष्ट पारे ।
नेपाल प्रेस काउन्सिलका सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले सिग्देले पाएको पुरस्कार राष्ट्रिय स्तरको रहेको बताए ।
छनौट समितिले देश भरका पत्रकारका नियालौ उनले भने– पत्रकार नियाल्ने क्रममा देशभरबाट नविन सिग्देल पायौ र पुरस्कार दिने निर्णय ग¥यौ ।
पुरस्कार राष्ट्रिय स्तरकै भएकोले पुरस्कार स्थापना गर्ने परिवारजनले दुख मनाउन गर्नु नपर्ने उनको भनाई थियो ।
एकिकृत नेकपा माओवादी कास्कीका विश्वप्रकाश लामिछानले सम्मानित व्यक्तित्व सिग्देल निश्पक्ष रहेर कलम चलाउने व्यक्तिको रुपमा परिचित भएको बताए ।
सम्मानित व्यक्तित्व नविन सिग्देलले यो पुरस्कारले आफूलाई थप प्रेरणा मिलेको बताए। पत्रकारीताको अहिले सम्मको अनुभवले धेरै आरोह अवरोह पार गर्दै यहाँ सम्म आएको छु उनले भने– सम्मानले पत्रकारीतका हरेक पिडा विर्साईएिको छ । पत्रकारलाई बचाउनका लागि श्रम आन्दोलनको खाँचो रहेको उनको भनाई थियो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका पूर्व कोषाध्यक्ष राजु भण्डारीले महासंघ भवनको एक कक्ष राजु भण्डारी कक्ष बनाउनका लागि तीन लाख दिने घोषणा गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्धय रुद्र भट्ट, शुष्मा पौडेल, नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार राजबहादुर गुरुङ, नेपाल प्रेस युनियका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल, प्रेस चौतारी कास्कीका उपाध्यक्ष रामजी लम्साल क्रान्तिकारी पत्रकार संघकी केन्द्रिय सदस्य गोम घिमिरे, स्व. गजेन्द्र भण्डारीकी श्रीमती सरस्वती भण्डारीले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञावलीको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत र सचिव त्रिभुवन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।