पुर्बेली नेपाली एकता समाजले बिदेशीहरुबाट पनि सहयोग जुटायो


बार्सिलोना/
पुर्बेली नेपाली एकता समाज स्पेनले भूकम्प पीडित सहयोगार्थ ४ हजार ३ सय ७६ युरो संकलन गरेको छ।

स्पेनमा बिभिन्न संघ सस्थाहरुले राहत संकलन कार्यलाई तिब्रता दिई रहेको बेला समाजले पनि रकम जुटाएको हो।  समाजले संकलन गरेको अभियानमा भारत,पाकिस्तान,फिलिपिन्स,ईरान,मेक्सिको,साउथ अफ्रिका सिंगापुर,स्पेन लगायतका देशका नागरिकहरुले पनि सघाएका छन्।

बिदेशीहरुले पनि नेपालका भूकम्प पीडित पीडितहरुलाई उदार मन देखाउदै रकम दिएका हुन्। समाजले नेपालीनेपाली डटकमलाई बुझाएको सहयोग दाताको नामबलीमा नेपाली समुदाय अलवा बिदेशी सहयोग दाताहरु पनि मनग्य देखिएका छन्।

समाजका अध्यक्ष पुरुषोत्तम भट्टराईले संकलन कार्यमा सघाउने कार्य समितिका सदस्यहरु लगायत सबै नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्।
यस्तै सल्लाहकार रमेश प्रसाद निरौलाले देशमा परेको विपत्तिको बेला आफ्नो समाजको तर्फबाट पनि सानो प्रयासको थालनी गरेको बताउदै सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए।

स्पेनमा गठित ‘महा भूकम्प पीडित राहत कोषमा’ समाजले पहिलो चरणमा ३ हजार २ सय ६९ युरो संकलन गरेको थियो। बाकि संकलन भएको १ हजार एक सय ७ युरो एनआरएनए स्पेनका अध्यक्ष एबं राहतकोषका संयोजक एकराज गिरीलाई हस्तान्तरण गरेको छ।