कास्की सेबा समाजको अन्तरक्रिया कार्यक्रम स्थगित बारे सुचना


२५ अप्रिल २०१५ का दिन हाम्रो मातृभूमी नेपालमा आएको विनाशकारी महाभूकम्पका कारण हजारौले अकालमा ज्यान गुमाउनु परेको, हजारौको संख्यामा घाईते, लाखौको संख्यामा घरबार विहिन हुनु परेको खबरले सबैलाई मर्माहत बनाएको छ।

यस दुखद घटनामा, मृतात्माको चिरशान्तीको कामना गर्दै, दुखद परिवार प्रति गहिरो समबेदना ब्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ। साथै घरबार बिहिन भई पालको ओतमा जीवन गुजारी रहेका लाखौ नेपाली जनताको उचित ब्यबस्थापन होस् भन्ने माग समेत गर्दछौ।

साथै  यस प्राकृतिक बिपत्तिको दुखद घडीमा, सम्पूर्ण देश बिदेशमा रहनु भएको नेपालीहरुले भूकम्प पिडितहरुको लागि राहत संकलन कार्यमा जुटिरहेका बेला कास्की सेवा समाज, स्पेनले आयोजना गरेको पूर्व निर्धारित अन्तरक्रिया कार्यक्रम (मिति २०१५ मे १० तारिकका दिन ) हालका लागि स्थगित गरिएको जानकारी गराउदै समाजको अागामी बैठकले अन्तरक्रियालाई समयानुकूल पारी पुन: मिति समय र स्थानको निर्धारण गर्ने जानकारी समेत गराउन चाहान्छौ ।

विशाल ढंुगाना
सचिब
कास्की सेवा समाज,स्पेन