नेपालको घाउमा बिदेशीको मलम


– वसन्त रानाभाट/प्रकाश ढकाल
बार्सिलोना/
रेष्टुरेन्टमा काम गर्नको लागि निस्कने समयमा नेपालको बारेमा सुनेको दुखद खबरले एक छिन मात्र हैन पुरा दिन अत्याईरह्यो। दुई पटक सम्म नेपाल पुगेकी ४१ बर्षिय ईसाबेल फर्नान्डेजले सोहि दिन आँफूले धेरै पटक काठमाडौं,भक्तपुर,ललितपुर,र पोखरालाई सँम्झिएको बताऊँ छिन्। “मैले खबर सुने तर अबस्था सामान्य होला भन्ने सोचे ,तर अप्रिल २५ को एक छिनले नै भयानक बनाईसकेको रहेछ जुन मैले कल्पना समेत गरेकी थिईन तर समाचार हेर्दै जाँदा हजारौको ज्यान गयो,हजारौ घाईते,लाखौ सडकमा, स्तब्ध बनायो।”

बार्सिलोनाको केन्द्र बिन्दु कातलोनिया भन्दा करिब ३५ किलोमिटर टाढा पोखराकै सराङ्कोट जस्तै लाग्ने सान्खुगात फ्लोरिस्ता भन्ने ठाउँमा नेपाली मिडियाकर्मी पुग्दा ईसाबेल नेपाल लेखेको कालो टिसर्ट लगाएर नै रेष्टुरेन्टमा काम गरिरहेकी थिईन्। टिसर्टबारे जिज्ञासा राख्दा उनि भन्छिन्,” यो टिसर्ट ठमेलबाट किनेकी हुँ,कहिँलेकाहिँ लगाउँथे,अहिले नेपाल दुखेको बेला मलाई पनि पीडा भएको छ त्यसैले सधैँ लगाउने गरेकी छु। धेरै साथीहरुले सोध्छन् जानेको बताऊँछु धेरै थोरै सहयोग गरिरहेका छन्।”

दिनहुँ जसो टेलिभिजन हेर्दा पालको ओत लागेका,खानाको लागि लाईनमा बसेका अझ बालबच्चाहरुको पीडालाई स्क्रिनमा देख्दा मन थाम्न नसकेको भाबना पोखिन् ईसाबेलले। गहभरी आँशु बनाउदै उनले नेपालीनेपाली डटकमलाई भनिन् मैले गरेको सहयोगले त यो बेलामा पर्याप्त हुदैन होला तर रेष्टुरेन्टमा हुने वर्ल्ड म्युजिक कार्यक्रमबाट उठेको रकम नेपालका भूकम्पपीडितहरुलाई सहयोग गर्न चाहन्छु।”

ईसाबेलले चलाउदै आएको फ्लोरेस्ता रेष्टुरेन्टमा स्थानीय कलाकारहरुले गित संगीत प्रस्तुत गर्दै आउने गरेका छन्। रेष्टुरेन्टमा पुग्ने ग्राहकहरुले खुशी हुदै दिएको रकमलाई जम्मा गरेर उनले भूकम्प पीडितहरुलाई सहयोग गर्ने योजना बनाएकी हुन्।

५५ बर्षिय स्पेनिस कातालान नागरिक अल्फोन्स सान्चेसका पनि थुप्रै नेपाली साथीहरु छन्। चर्चित गायक राजु लामा,मुक्ति शाक्य,तेन्जींङ्ग छोक्यालको नाम प्रष्ट उच्चारण गरे भने अन्यको नाम लिने क्रममा अलिकति रोकिए। स्पेनमा नै दशक भन्दा बढी समय देखि बस्दै आएका दाबा रिसिङ् श्रेष्ठ मार्फत थुप्रै नेपालीहरु संगत गरेको उनि बताऊँछन्।

भूकम्पको खबरले आँफुलाई झस्काएको सम्झना गर्दै भने”धेरै साथीहरुसँग ईन्टरनेटमा नै भेट हुन्थ्यो,घटना पछि सबै सँग सम्पर्कको कोशिस गरे,बार्सिलोनामा त अझ धेरै नेपाली साथीहरु छन् घर परिबार बारे हाल खबर बुझ्न फोन गरे।’ सान्चेसले बताए। नेपाली प्रति धेरै नै भावानात्मक नजिक बनिसकेका सान्चेसलाई यो दुखको बेला नेपाल जान मन लागेको बताएका छन्। उनले भने,”अहिले नै उढी हाल्न त सकिन तर जति सक्दो छिटो नेपाल पुग्नेछु ।” नेपालको अहिले जस्तो अबस्था भए पनि माया मनमा नै छ हामी सधैँ गई रहने छौ।”

11194456_781695795271837_2945477751195182508_o

सधैँजसो स्पेनिस कलाकारहरुले गाउदै आउने कार्यक्रम भए पनि यो पालि ईसाबेल र सान्चेसकै आमन्त्रणमा नेपाली कलाकारहरु सान्खुगात पुगेका थिए। “नेपालका लागि सर्मथन र प्राथना” भन्ने अर्थ खुल्ने तर स्पेनिस भाषामा लेखिएका सेता टिसर्टहरु साथमा ढाका टोपी लगाएर जाँदा सबै बिदेशीहरुले “नेपाल नेपाल” भन्दै स्वागत गरेका थिए।

ईनास ब्याण्ड स्पेनका कलाकारहरुले प्रस्तुती सकेर बिदाई हुँदा पनि स्पेनिसहरुले एकै स्वरमा ‘नेपाल” नै भन्दै बिदा गरे। नेपाली कलाकारहरुले मनोरन्जनका लागि नभई समर्थनका लागि दिएको “अवाज” सार्थक बन्यो।

भूकम्पले क्षत विक्षत भएर दुखेको घाउमा बिदेशीले लगाएको मलमले प्रबासमा रहेर कैयौ आफन्त गुमाउनुको पिडा सहेर छ्ट्पटीएका नेपालीहरुलाई केहि सान्त्वना भने अबश्य नै मिलेको छ।